काभ्रे । गोरखा, गण्डकी गाउँपालिका-२ सिम्ले बस्ने ५० वर्षीया मिरा खनाल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
कैलाली, कैलारी गाउँपालिका-३ बस्ने २८ वर्षीया सिखा चौधरी सोही गाउँपालिका- ३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ, उर्लाबारी नगरपालिका-८ गगंटेस्थित प्लटिङको बाटोमा सोही नगरपालिका-८ सरस्वती टोल बस्ने ५६ वर्षीय बुद्विलाल टुडु शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-१३ कामना मार्ग बस्ने २३ वर्षीया शोभा दर्जी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


