शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरी स्रष्टाहरूको भूमिका प्रशंसनीय: महानिरीक्षक कुँवर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रहरी स्रष्टाहरूको भूमिका प्रशंसनीय: महानिरीक्षक कुँवर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको जनाएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा जनाएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गरे ।

विगतमा नेपाल प्रहरीको सदस्यको हैसियतले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै अवकाश प्राप्त जीवनमा साहित्य लेखन, कला र संस्कृतिको माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ निर्देशित गर्नुपर्ने विचार उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कुँवरले भेटघाट कार्यक्रमले बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूबीचको सहकार्य, समन्वय र एकता थप मजबुत हुने धारणा व्यक्त गरे । अपराध रोकथाम, विपद् उद्धार, शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीको साख र प्रतिष्ठालाई जीवन्त राख्न बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले जसरी उल्लेखनीय भूमिका निर्वाह गरिरहेको भन्दै त्यसरी नै आगामी दिनमा समेत साहित्य र कलाको माध्यमबाट नेपाल प्रहरीको प्रतिष्ठामा थप श्रीवृद्धि गर्ने विश्वास लिएको उनले जनाए।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रममा सहभागी भएका प्रहरी सेवाबाट अवकाश प्राप्त सर्जक तथा कलाकारहरूलाई सम्मान समेत गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले पूर्वजहरूले गरेका राम्रा कामलाई अझ राम्रो गर्दै जाने, नसके त्यसलाई मर्न नदिने प्रण गरिएको बताए । यस्ता कामलाई निरन्तरता दिन, रचना सिर्जना संरक्षण गर्न र कल्याणकारी कार्य गर्नेबारे विचार विमर्श भइरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीका सर्जक र कलाकारहरूको सिर्जनाबाट जनसम्पर्क स्थापित गर्न र प्रहरी कार्यमा सहयोग पुर्‍याउन सहजता ल्याएको चर्चा गरे । साहित्य, कला र संगीतमार्फत प्रहरीका सर्जक तथा कलाकारहरूले प्रहरी संगठन, समाज र राष्ट्रलाई विशेष योगदान दिइरहेको उनले उल्लेख गरे ।

अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आजको भेटघाट विशिष्ट भेटघाट भएको उल्लेख गर्दै संस्थागत रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रहरी संगठनप्रति विशेष आभार व्यक्त गरे । यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास उनले व्यक्त गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत नेपाल प्रहरीका बहालवाला तथा पूर्व प्रहरी सर्जकहरू एवम् नेपाल पूर्व प्रहरी कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच प्रहरी सेवा र सिर्जनाबारे छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१९ घण्टा अगाडि
जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक