मोरङ । बिराटनगर महानगरपालिका-५ स्थित लाईफ गार्ड हस्पिटलको भुइँ तलामा रहेको आईसियु कक्षमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा भेन्टिलेटर ४ थान, एक्सरे मेसिन १ थान, मनिटर १२ थान, इसिजी मेसिन १ थान, इभिजी मेसिन १ थान, एसी ३ थान, आइसियू बेड १० थान पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


