मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर्थिक क्रान्तिका लागि जनआन्दोलनः लघुवित्त पीडित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आर्थिक क्रान्तिका लागि जनआन्दोलनः लघुवित्त पीडित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साढे २ वर्षदेखि आन्दोलन रत लघुवित्त तथा वित्तिय शोषँण विरुद्धको संघर्ष समिति नेपालले आर्थिक क्रान्तिका लागि जनआन्दोलनमा जुट्न आह्वान गरेको छ ।

आईतबार राजधानीको संवाद डबलीमा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी केपी ओली सरकार दलाल पुँजीपतिहरुको संरक्षक र जनताको विरोधी भएकोले त्यसको वहिर्गमनका लागि आन्दोलन गर्ने घोषणा गरेको छ । संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले वर्तमान सरकारको विकल्पका लागि ‘ऋण मुक्त जनता, ऋण मुक्त देश, त्यसपछि आउँछ विकासको भेल’ भन्ने नारासहित आफूहरु अघि बढेको जनाए ।

अधिकारीले देशमा २७ लाख लघुवित्त पीडित, २ लाख कालो सूचि, ५ लाख सहकारी पीडित त्यति नै मिटरब्याज पीडित रहँदा ओली सरकार व्यापारीको पक्षमा लाग्दै गरिबको जीवन बरबाद गर्न लागेको आरोप लगाए । ५० लाख युवाहरु पासर्पोट मार्फत र ६० लाख विन पासपोर्ट विदेश पलायन भइरहँदा सरकार युवा खालि गर्ने योजनामा रहेको आरोप लगाउँदे भने,“सन १८१६ बाट युव बिक्रीमार्फत देश चलाउने प्रक्रिया आजको ओली सरकारसम्मले त्यसलाई झन बढावा दिएको छ ।” समितिका अध्यक्ष मनिराम ज्ञावालीले लघुवित्तको ज्यादतिको कारण १५ सय भन्दा बढीको साहदत भएकोब बताउँदै, साढे २ वर्षदेखि आन्दोलन गरिए पनि सरकारले आफ्ना मागहरुको सम्बोधन नगरेकोले अब जनआन्दोलन मार्फत माग पुरा गर्ने चेतावनी दिए । त्यसैगरी लेखा विभाग संयोजक रमेश सेन्चुरीले आर्थिक वर्ष २०८०÷८१को आय–ब्ययको विवरण प्रश्तुत गर्दै आम्दानी १२ लाख १३ हजार ६ सय रहेको र खर्च रकम १६ लाख ४३ हजार ६ सय रहेकोमा ऋण ४ लाख ३० हजार रहेको जानकारी दिए ।

पुनस्र्थपना विभाग प्रमुख फत्तेबहादुर पुनले गरिब तथा सर्वहारा जनताहरु लघुवित्त तथा वित्तिय ज्यादतिबाट मुक्त नभए वर्तमान सरकारलाई जनआन्दोलनबाट हटाउने चेतावनी दिए । बागमति प्रदेश इन्चार्ज धनकुमारी विकले सरकारले लाखौं दिदीबहीनीको माग पूरा नगरे काली,चण्डी, रणचण्डीको रुप धारण गरी ओली सरकार विरुद्ध सडक तताउने चेतावनी दिइन् । अर्थ विभाग प्रमुख तथा प्रथम बिद्रोही शिखा रेश्मिले दलाल र माफियालाई सम्रक्षण र गरिबलाई पीडा दिने सरकार विरुद्ध अन्तिमसम्म लड्ने चेतावनी दिइन् ।

लुम्बिनी प्रदेश अध्यक्ष बर्दि देवानले साढे दुई वर्षदेखि निरन्तर आन्दोलन गर्दा पनि सरकारले नसुनेको आरोप लगाउँदै भने,“सरकार तयार हुँदा पनि एमाले कार्यकर्ता राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले मानेन्, अब त एमालेकै प्रधानमन्त्री छन् ।” कार्यक्रमको सञ्चालन राष्ट्रिय स्वयमसेवक नेपालका अध्यक्ष मनोज पौडेलले गरेका थिए ।

यो पनि पढ्नुहोस्

एनपीएलको तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

४ मिनेट अगाडि
उत्कृष्ट २० करदाताको नाम घोषणा

उत्कृष्ट २० करदाताको नाम घोषणा

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

म्याग्दीका जलविद्युत् प्रभावित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक