सुर्खेत । जिल्लाकाे चौकुनेमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।
पेस्तोलसहित पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ बस्ने १७ वर्षका अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भीमबहादुर थापा रहेका छन् ।
इलाका प्रहरी कार्यालय गुटुकाले पेस्तोल बोकेर हिँडिरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।


