आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सार्क फोरमको औचित्य र नेपालको भूमिका

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दक्षिण एसियाली क्षेत्रीय संगठन सार्क अहिले निष्क्रिय अवस्थामा छ । पछिल्लो समय नेपालमा भएको यसको सम्मेलनपछि अर्को सम्मेलन हुन सकेको छैन । सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका छन् । तर भारत र पाकिस्तानबीचको तिक्तताका कारण यसको अर्को सम्मेलन पाकिस्तानमा हुने भनिए पनि अनिश्चित भएको हो । नेपालको सक्रियतामा नै स्थापना भएको यो क्षेत्रीय संगठन अहिले निष्क्रिय हुने अवस्था आउनु यस क्षेत्रकै लागि सुखद मान्न सकिँदैन ।

सार्कको अवधारणा यस क्षेत्रमा शान्ति, सहकार्य र विकास स्थापनाका लागि भएको हो । यद्यपि, यस संगठनमा सुरुवातदेखि नै भारतको हैकम चल्दै आएको थियो । भारतको छिमेकी देशहरुसँगको सम्बन्ध खासै सुमधुर छैन, पाकिस्तानसँग त पानी बाराबारको अवस्था छ । नेपालसँगको सम्बन्ध धेरैजसो उतारचढाव हुँदै आएको छ । पछिल्लो समय माल्दिभ्ससँगको पनि सम्बन्ध पनि बिग्रिएको छ । बंगलादेश, श्रीलंका र भुटानसँग तुलनात्मक रुपमा केही स्थिर छ । छिमेकी देशहरुबीचको यही असमझदारी हटाउने उद्देश्यले नै सार्कको स्थापना भएको हो । साझा स्वार्थहरुमा काम गर्ने र आपसी मित्रता बढाउन यस्तो संगठन अत्यावश्यक थियो ।

हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले दक्षिण एसियाको समृद्धिका निम्ति सार्कलाई नवजीवन दिनुपर्नेमा जोड दिए । आपसी एकता र सहयोग कायम गर्दै क्षेत्रीय सहयोगको माध्यमबाट यस क्षेत्रका जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ स्थापना भएको सार्कलाई निष्क्रिय बनाउन नहुने उनको धारणा थियो । सार्कको लक्ष्य र उद्देश्य दक्षिण एसियामा शान्ति स्थापना, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक क्षेत्रमा आपसमा सहयोग आदानप्रदान गर्नु रहेको भन्दै राजदूत हास्मीले जलस्रोत, ऊर्जा, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, कृषि, स्वास्थ्य, वातावरण, खाद्य सुरक्षाजस्ता दक्षिण एसियाका जनताका विषयलाई सार्कले सम्बोधन गर्दै आएको स्मरण गर्दै यसलाई निष्क्रिय गराउँदा कसैलाई पनि फाइदा नभएको जनाए ।

दक्षिण एसियाली राष्ट्रलाई जोड्ने काम गरेकाले सार्कलाई पुनः क्रियाशील गर्नुपर्छ । शिखर सम्मेलनबाहेक अरु सबै बैठक तथा गतिविधि भइरहेका कारण यसको आवश्यकता र महत्त्व अझै रहेको पुष्टि हुन्छ । सार्कको मुख्यालय सक्रिय रहेको, सदस्य राष्ट्रले कोषमा बुझाउनु पर्ने रकम पनि बुझाइरहेको र अन्य विभिन्न गतिविधि भइरहेको अवस्थामा शिखर सम्मेलन किन हुन सकिरहेको छैन भनेर त्यसतर्फ सबैले चासो र सक्रियता बढाउनुपर्छ । यस क्षेत्रमा आर्थिक समृद्धि ल्याउन सक्ने एउटै कुरा भनेको भारत र पाकिस्तानले एकजुट भएर सार्कको गतिविधिलाई पुनरुत्थान गर्नुपर्छ । किनभने दुवै राष्ट्रले यस क्षेत्रको शान्ति र स्थायित्वका लागि प्रमुख भूमिका खेल्छन् । भारत र पाकिस्तानले द्विपक्षीय मामिलामा छलफल गर्न बहुपक्षीय फोरम प्रयोग नगरी द्विपक्षीय संयन्त्र स्थापना गरी आफ्ना मुद्दाहरूमा छलफल गर्नुपर्छ । यसले मात्र सार्कलाई प्रभावकारी रूपमा काम गर्न मद्दत गर्न सक्छ । सार्कको अध्यक्षको हैसियतमा सार्क प्रक्रियालाई अगाडि बढाउने नेपालको दायित्व हो । जनधारणा सप्ताहिक

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

२ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक