मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्यायाधीश सपना मल्लको ‘जुडिसियरिज ड्रिम’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायाधीश सपना मल्लको ‘जुडिसियरिज ड्रिम’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महिला अधिकारकर्मी हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेकी सपना प्रधान मल्लको जीवनीमा आधारित पुस्तिका ‘जुडिसियरिज ड्रिम’ सार्वजनिक भएको छ ।

मल्लको बाल्यकालदेखि शिक्षाका लागि विद्रोह, महिला अधिकार, कानुनको अध्ययन हुँदै सर्वोच्च अदालतसम्मको यात्रा पुस्तकमा समेटिएको छ । न्याय र कानुनको क्षेत्रमा महिला सहभागिता, भोग्नुपर्ने समस्या आदिका कथा र सवाल समेटिएको यो पुस्तक सर्वोच्च अदालतकै शाखा अधिकृत सिम्रन नापितले लेखेकी हुन् ।

गत शनिवार काठमाडौंको हिल्टन होटलमा आयोजित ‘कानुनी क्षेत्रमा महिलाको अभिवृद्धि’ सम्बन्धी सम्मेलनमा सो पुस्तिका विमोचन गरिएको थियो ।

पुस्तक विमोचनका क्रममा न्यायाधीश सपना प्रधान मल्ल, नेपाल सरकारका पहिलो महिला मुख्यसचिव लिलादेवी गड्तौला, नेपाल बार एसोसियसनको पहिलो महिला महासचिव अञ्जिता खनाल र वरिष्ठ अधिवक्ता गिता पाठक संग्रौलाको हातबाट सो पुस्तिका विमोचन गरिएको थियो । विमोचनपछि पुस्तककी लेखिका सिम्रन नापितले पुस्तिका कानुनमा भविष्य खोजेका र देखेका महिला पुस्ताका लागि निकै प्रेरणादायी रहने जनाइन् ।

न्यायाधीश मल्ल महिलाहरूलाई न्यायपालिकामा प्रेरित गर्ने प्रेरणादायी व्यक्तित्व रहको भन्दै उनकै जीवनमा आधारित पुस्तिकाले सबै महिलाहरूको मन छुने र केही गर्न उत्प्रेरित बनाउन मद्दत गर्ने नापितले दाबी गरिन् । परम्परागत रूपमा पुरुषप्रधान समाज र क्षेत्रका बाधा तोड्दै मल्ल कसरी सर्वोच्च अदालतसम्म आइपुगिन् र उत्कृष्टता हासिल गरिन् भन्ने विषय पुस्तकमा समेटिएको छ ।

पुस्तक महिला अधिकार र सामाजिक न्यायको वकालत गर्ने दृढ प्रतिबद्धताले भरिएको दाबी गरिएको छ। पुस्तकमा मल्लले प्रजनन अधिकार, लैंगिक हिंसा, र हिंसामा पारिएका समुदायको अधिकारसँग सम्बन्धित मुद्दाहरूमा लैंगिक समानतालाई अघि बढाउन गरिएको ऐतिहासिक निर्णय र फैसलाका साथै नेतृत्व र कानुनी कुशलताले आकाङ्क्षी महिला वकिल र न्यायाधीशहरूलाई कानुनी प्रणालीमार्फत अर्थपूर्ण परिवर्तन गर्न सम्भव छ भनेर देखाएको दाबी गरिएको छ ।

एक सामान्य अधिवक्ताबाट महिला अधिकारकर्मी, पहिलो संविधान सभाका सदस्य, हार्बड विश्वविद्यालयका विद्यार्थी हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्मको यात्रामा न्यायाधीश मल्लले धेरै महिलाहरूलाई कानुनी क्षेत्रमा करियर बनाउन र नेतृत्व पदहरूको लागि लक्ष्य राख्न प्रेरित गरेको विषय पुस्तकका मुख्य विशेषता हुन् ।

मल्लको संघर्ष र सफलताको कथाले महिलाहरूलाई सामाजिक र पेशागत चुनौतीहरू पार गर्न हौसला दिने, लचिलोपन, समर्पण र न्यायप्रतिको प्रतिबद्धतामा जोड दिने कुरा पुस्तकमा उल्लेख गरिएको छ । पुस्तिका आगामी आइतबारबाट सबैका लागि उपलब्ध हुने भएकाे छ ।

यो पनि पढ्नुहोस्

म्याग्दीका जलविद्युत् प्रभावित

म्याग्दीका जलविद्युत् प्रभावित

४ मिनेट अगाडि
खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन

खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक