वीरगञ्ज / कटुवा पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढीमाई नगरपालिका–१ समनपुर बस्ने ५१ बर्षिय बिरेन्द्र राउत रहेका छन् ।
आफनै घरमा पेस्ताेल लुकाई राखेको सुचनाको आधारमा प्रहरीले उनको घरमा खानतलाशी गरेको थियो ।सो क्रममा राउतको घरबाट झारपातले लुकाई राखिएको एक थना कटुवा पेस्तोल बरामद गरिएको रौतहटकी प्रहरी प्रबक्ता (डिएसपी) एलिजा गिरीले जानकारी दिईन।
पेस्तोलसहित पक्राउ परेका उनको बारेमा थप अनुसन्धान भईरहेको गिरीले बताईन ।


