वीरगञ्ज / पचास किलो गाँजासहित पर्साको ठोरी गाउँपालिकाबाट एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोल बस्ने ३० बर्षीया अनिता गुरौ छन्।
आफ्नै घरमा गाँजा लुकाइ छिपाइ राखिएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। गुरौको कोठाबाट खानतलासीको क्रममा प्रहरीले पचास किलो गाँजा बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक भारतीले जानकारी दिए।
पक्राउ परेकी उनलाई लागु औषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको उनले बताए।


