दाङ । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा भोली वोलवम पैदलयात्रा तथा जल चढाइने भएको छ ।
मन्दिर व्यवस्थापन समितिको आयोजनामा सयौ भत्तजनहरुको सहभागितामा शनिवार बिहान सात बजेदेखी घोराहीबाट वोलवम पैदल यात्रा गरी शिव मन्दीर धारपानीमा जल चढाउने कार्यक्रम तय गरिएको हो ।
घोराही स्थित गणेश मन्दिरबाट सुरु हुने वोलवम पैदलयात्रा भरतपुर धारपानी रोड हुदै मन्दिर परिसरमा गएर समापन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ ।
यसैविच भोली घोराहीबाट सुरु हुने वोलवम यात्रामा पहेँलो वस्त्रमा सवै हुने मन्दिर व्यवस्थापन समितिले सवै भत्तजनहरुमा अनुरोध गरेको छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले गणेश मन्दिर घोराहीबाट सुरु हुने वोलवम यात्रा तथा जल चढाउने कार्यमा सरिक हुन सवैमा अनुरोध गर्नुभएको हो ।


