काठमाडौं । भोजपुर, आमचोक गाउँपालिका-६ गौरीगाउँस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा २ वटा बोरामा वेवारिसे अवस्थामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
मोरङ, जहदा गाउँपालिका-७ महादेबकोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको को.२ ह ३७६८ नम्बरको अटोबाट उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


