शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मानव अस्तित्त्व र प्रकृतिको निरन्तरता र जीवन्तताको मूल मन्त्र

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुबेदी

नेपाली समाजको सँस्कृति र प्रकृतिका बारेमा गम्भीर र गहिरो अध्ययन अझै पनि राम्रोसँग हुन सकेको छैन ।हाम्रो देशको प्रकृतिसँगको तादाम्यता, साामाजिक विविधता र एकताले नै नेपाल बनेको हो । हामी नेपालीहरु बहुजातिय, बहुभाषिक, बहु सांस्कृतिकरुपमा रहेका हौं

यी नै विविधताकासाथ नेपाली भएका हौं भन्ने कुरा अझै पनि सही किसिमले आत्मसात हुन सकेको भने छैन ।
यद्यपि अलिकति पनि गहिरिएर हेर्दा यस विविधताका बीचको एकताको स्थितिले नै प्रष्ट पार्दछ कि हामी हाम्रा विविध संस्कृति र चिन्तनका बीच सहिष्णु, उदार र गुणग्राही रहँदै आएका छौं । यस किसिमको अन्तरघुलन नभएको भए हाम्रो यो विविधता नै रहँने थिएन र यसले आजसम्म निरन्तरता पाउने पनि थिएन ।

अनि यसमा विभिन्न सामाजिक सांस्कृतिक धाराहरुको समिश्रण विभिन्न श्रोतहरुबाट हुन पाउने पनि थिएन । यस प्रकार हाम्रो यो अनेकताका बीच एकता नरहेको भए नेपाल भन्ने देश जुन विश्वमा १७ वटा देश मात्र अस्तित्वमान रहँदा पनि रहेको मानिन्छ, त्यस बेलादेखि अस्तित्वमान रहेको प्राचीन देश हो, त्यो रहने नै थिएन ।

लामो समयदेखिको यो विविधतालाई स्वीकार्नु र मान्यता दिनु वास्तवमा यो हाम्रो संस्कृतिको अत्यन्तै सबल र एउटा सफल पक्ष हो । तर काल क्रममा नेपाली–नेपाली बीचमा बिषमता, बिभेद र बहिष्करणको स्थिति उत्पन्न भयो । बिद्यमान रह्यो, त्यो अहिले पनि छ । यो दुर्बल पक्षलाई छैन भनेर या यसलाई लुकाएर या ढाकछोप गरेर हामी नेपाली र हाम्रो देश कदापि अघि बढ्न सक्ने छैनौं । यो कुरा पनि त्यत्तिकै ध्रुब सत्य कुरा हो ।

हाम्रा एक चर्चित साहित्यकार महाकवि लक्ष्मीप्रसाद देबकोटाले भने जस्तै यो हाम्रो सुन्दर, शान्त तर विशाल देश नेपालका हामी निवासीहरु प्रकृतिपूजकदेखि हिन्दू, बौद्ध, मुस्लिम, इसाई लगायतका विभिन्न धर्म, सम्प्रदाय एवं दर्शनमा आस्था राख्ने आस्तिकदेखि धर्ममा आस्था नराख्ने नास्तिक अर्थात चार्बाकका अनुयायी अर्थात् भौतिकबादी धारासम्मका अनुयायीहरु पनि यही देशमा छौं ।

आजको हाम्रो देशका अध्ययनशील विचारकहरुले आग्रहरहीत र बस्तुगत आधारमा गहन अध्ययन, बिश्लेषण र विचार गर्ने हो भने नेपाली संस्कृतिको यो जुन असल परम्परा छ, त्यसले विविधतालाई सहर्ष स्वीकारेको छ । अनि यसले निरन्तर अन्तरघुलनको बाटो लिएको छ र हामी अघि बढेका छौं भन्ने देख्न सकिन्छ । आधुनिक समाजशास्त्रीय भाषामा यसलाई ‘सांस्कृतिक समिश्रीकरण’ (Cultural amalgamation) भन्ने गरिन्छ ।

यसै अन्तरघुलनको क्रियाको गहिरो अध्ययन गरेर मानिससलाई परस्पर जोड्ने र बिभाजन गर्ने कुरा पत्तो लगाई ती जोड्ने तत्व र छोड्ने तत्लाई केलाएर अघि बढ्नु अत्यावश्यक छ । त्यसैले विश्वका सम्पूर्ण सरकारहरु र शक्तिहरुले विश्व मानब समुदायको भाबी पिढीको जीवन र अस्तित्वका लागि आतंकबाद र कट्टरतावादको रक्तरञ्जित खेल खेल्न छोड्नै पर्दछ । विश्वका सबै सरकार र शक्तिहरुको विश्वको कल्पना एउटा बिराट मेशिनरुपमा गरिनुपर्ने विचारधारालाई त्याग्नु पर्दछ । परस्पर सहयोग, समानता, न्याय तथा अन्योन्याश्रति ब्यवस्थाको भावनालाई अंगीकार गरिनै पर्दछ ।

मानिस श्रमले नै बनेको हो भन्ने कुरा कार्ल माक्र्सका अनन्य मित्र तथा महान चिन्तक माक्र्सवादका सह–निर्माता फेडरिक एंगेल्सले ‘बादरबाट मानिस बन्नमा श्रमको भूमिका’ भन्ने अत्यन्तै महत्वपूर्ण लेखबाट प्रष्ट उजागर गरेका छन् । यसले श्रमको कति ठूलो महत्व छ भन्ने कुरा मात्र दर्शाउदैन त्यसका अतिरिक्त श्रमले कसरी अरु कसैको भर नपर्ने, आत्मनिर्भर र स्वचालित बाटोमा अग्रसर हुन र परस्पर अन्तर सम्बन्धित हुन सकिन्छ भन्ने कुरा पनि प्रष्ट पार्दछ । हाम्रो पूर्वीय प्राचीन सँस्कृतिमा पनि तीन रुपमा समिश्रण संस्कृति पाइन्छ । पहिलो हो — श्रमण, दोश्रो समन र तेश्रोलाई शमन भन्ने गरिएको छ ।

श्रमणको खाश अर्थ हो – श्रम अर्थात परिश्रम गर्नु श्रमशील हुनु। यसले कुन परम्पराको मान्यतालाई प्रकट गर्दछ भने मानिसको भाग्य बिधाता कोही अरु छैन, हुँदैन र त्यो मानिस स्वयम नै हो । मानिसले आफ्नो विकास आफ्नै श्रमको भरमा गर्दछ र गर्नु पर्दछ । मानिस नै आफ्नो सुख र दुःख दुबैको कर्ताधर्ता हो । अनि समनको अर्थ हो–परस्पर समताको भाव राख्नु र सबैलाई आफु जस्तै सम्झनु । सबैसँग आफुलाई जस्तै आचरण र ब्यवहार गर्नु । समाजका प्रत्येक सदस्यलाई समान मान्नु । कुनैलाई श्रेष्ठ र कुनैलाई अश्रेष्ठ या हीन नठान्नु । जाति तथा बर्ण ब्यवस्थामा विश्वास नगर्नु । अनि शमनको अर्थ हो – आफ्ना प्रबृत्तिहरुलाई संयमित तुल्याउनु, परिग्रहको सीमालाई निर्धारण गर्नु । अर्थात् कोही कसैमाथि हावी हुने स्थिति आउन नदिनु । यसरी हाम्रो प्राचीन संस्कृति उदार, गुणग्राही (सबैको राम्रो कुरा राम्रोसँग सुन्ने र ग्रहण गर्ने) र मिल्नसक्ने र मिल्नपर्ने शक्तिहरका बीच समन्वयशील अर्थात् सबैका असल कुरालाई सम्मिलन गर्ने किसिमको रहेको हामी प्रष्टसँग देख्न सक्छौं ।

तर समाजमा ब्यक्तिगत सम्पत्तिको प्रादुर्भाव र तेरो मेरोको भावना तथा प्रबृत्ति खडा भएपछि यो मानबीय असल परम्परा जस्ताको तस्तै कायम हुन सकेन । यसमा अनेक बिकृति र बिसंगतिहरु आए । त्यसको शिकार स्वयं हाम्रो प्राचीन समाज पनि भयो र अहिलेसम्म पनि त्यसका दुष्प्रभावहरू कायम रहेका छन् । हाम्रो समाज पिछडिनुको एउटा मूल कारण अन्य कुराका अतिरिक्त यही नै हो ।

आज त हामी विश्वलाई नियालेर हेर्दछौ भने एकातिर यथास्थितिबादी कट्टरताबाद र अर्कोतिर आतंकबाद नै हावी हुँदै आएको स्थितिबाट हामी गुज्रिरहेको देख्दछौं । विश्व परिप्रेक्षमा आज हामी यस्तो मोडमा खडा भएका छौ जहा एकातिर विश्व संस्कृतिको प्रचार प्रसारका कारणले पूँजीवादी बजारको संस्कृतिले देश–देशको सीमालाई नै समाप्त पारिदिएको छ र त्यसले गर्दा राष्ट्रबादको स्थानमा बिश्व भूमण्डलीकृत भइरहेको छ । तर यो बर्ग बिभाजित थोरै सम्पन्न र अधिकांश बिपन्नका बीचको जुन संघर्ष निरन्तर चल्दै आएकोछ त्यसको सही किसिमले समाधान नभइ अरु अबाञ्छित ससमस्याहरुले पनि एक वा अर्कोरुपमा फणा उठाइरहने कुरा एक निमेष पनि बिर्सन मिल्दैन ।

निरन्तर देखिदै आएको पनि छ कि सूचना प्रबिधिको अत्याधिक बिकासको कारणले आजको संसार नै ’विश्व ग्राम’ भएको या हुँदै गएको जस्तो भनिन्छ । त्यहीं अर्कोतिर धर्म,नश्ल र क्षेत्रका नाममा समेत रक्त रञ्जित आतंकबादी गतिबिधि तथा नश्लबादी गतिबिधिहरुले पनि नराम्रोसँग टाउको उठाइरहेको देखिन्छ र यसलाई बढावा दिने शक्तिहरु पनि बिश्वमा प्रबलरुपमा रहेकै छन् ।

यद्यपि धर्म र आतंकबादको कही कतै कुनै टाढाको पनि साइनो र सम्वन्ध छैन भनिदै आएको पनि छ । तर अत्यन्तै आशचर्यलाग्दो र यसकारण बिचित्रको सन्देहास्पद कुरा चाँही के छ भने अहिले चलिरहेका आतंक र कट्टरबादका सबै रक्त रञ्जित खेलहरु सबै धर्म अथवा ‘रिलिजन’ कै नाममा खेलिएका छन् र खेलिदैछन् ।

आधुनिक मानिएको एउटा चिन्तनले ब्रह्माण्डको परिकल्पना एउटा बिराट मेशिनको रुपमा गरेको छ । जीवनको प्रगति र विकासकोे लागि मेशिनद्वारा अधिक उत्पादन गर्नुलाई अनिवार्य मानिदै आयो ।प्रत्येक देशका सरकारहरुले आ–आफ्ना नागरिकहरुलाई विकासको यही चमकदमक देखाउने र यही बाटोमा लगाउने काम गरिरहेका छन् । सरकारहरुको सारा विकास २४ घण्टै बिद्यूत उपलब्धता र चिल्ला चम्किला सडकको सञ्जाल बनाउने कुरामै प्रायः सीमित हुन थालेको छ । सीमित औद्योगिक घरानाहरुको हितमा कार्य सम्पादन गर्नमानै सरकारहरु ब्यस्त हुने गरेका छन् ।

सारा जसो देशहरु मेशिनद्वारा उत्पादित सामानको खपतका लागि बजारको खोजी गर्ने र धेरैभन्दाधेरै पूजी जुटाउने प्रतिस्पर्द्धा गर्नमा तीब्ररूपमा ब्यस्त छन् । यसका लागि प्रकृतिको निर्मम दोहन मात्रै होइन ठूल्ठूला नरसंहारकारी युद्धसम्म पनि हुदै गरिदै आएको हामी प्रत्यक्ष देखिरहेका या सुनिरहकाछौं ।

संसार एउटा परिवार भएकाले हामी सबैले मिलिजुली रहनु पर्दछ र त्यसका निमित्त समान आधार तयार गरिनु पर्दछ । हामी सबै मिलेर बाडिचुँडी खानु पर्दछ । आजको विश्वको लागि समानता, न्याय र त्यसको निरन्तरताका लागि नयाँ अर्थशास्त्रको रचना गरिनु पर्दछ ।

यसका अतिरिक्त आजका ठूल्ठूला कारखानको बिषैलो धुवाँले हावालाई प्रदुषित तुल्याइरहेको छ । कल काराखानाबाट निस्केको बिषालु रसायनले नदीनालाहरुको पानी पनि नराम्रोसँग प्रदुषित र अयोग्य भइरहेको छ ।

रसायनिक मल असन्तुलित अबैज्ञानिक किसिमले प्रयोग गर्दा जमिन पनि बिषैलो र उर्बराहीन बन्दै गएको छ । यस्तो विकास भइरहेको छ जहाँ मानिसले न त स्वस्थ हावामा श्वास लिन सक्छ न सफा र सुरक्षित पानी पिउन सक्त न बिषादीरहीत भोजन र तरकारी नै खान सक्तछ । आजको अति नाफा केन्द्रित बजारबादी यो विकासको मोडेलले सर्बत्र यसरी डरलाग्दो बिनाश निम्त्याएको छ र निम्त्याइरहेको छ । यो सर्बनाशी बिनाशकारी बिकास हो ।

यस्तो अमान्य र अस्वीकार्य आत्मघाती अबस्थाको समाधानको सही बाटो के हो यो आजको अहं महत्वको यक्ष प्रश्न हो । यसको उत्तरको खोजी गर्दा प्रष्ट छ कि विश्वका सम्पूर्ण सरकारहरु र शक्तिहरुले विश्व मानबको भाबी पिढीको जीवन र अस्तित्वका लागि आतंकबाद र कट्टरतावादको रक्तरञ्जित खेल खेल्न छोड्नै पर्दछ ।

यो पनि पढ्नुहोस्

कुखुराको मासु किलोमा २० रुपैयाँले घट्याे

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

६ मिनेट अगाडि
राजदूतमा सुधाकर दलेलाको नाम पठायाे

राजदूतमा सुधाकर दलेलाको नाम पठायाे

३४ मिनेट अगाडि

विश्वका सबै सरकार र शक्तिहरुको विश्वको कल्पना एउटा बिराट मेशिनरुपमा गरिनुपर्ने घातक विचारधारालाई त्याग्नु पर्दछ । परस्पर सहयोग, समानता, न्याय तथा अन्योन्याश्रति ब्यवस्थाको भावनालाई अंगीकार गरिनै पर्दछ । नयाँ जनबाद हुँदै समाजबादमा पुग्ने या जाने बाटो नै यही हो ।

यसरी मात्र ‘बाँच र बाँच्न देऊ’ भन्ने सह–अस्तित्वको मूल मानबीय मन्त्रलाई ब्यवहारमा खरो उतार्न सकिन्छ र उतारिनु पर्दछ । विश्वको कल्पना एउटा परिवारकोरुपमा ‘बसुधैब कटुम्बकम’को रुपमा ‘संसारका सम्पूर्ण श्रमजीवी जनता एक होऔं’ भन्ने महत्वपूर्ण भावना अंगीकार गरिनु पर्दछ । के कुरा मान्नु पर्दछ भने हामी सबै संसाररुपी एउटै जहाजका सहयात्री हौं ।

हाम्रा बहु जाति, भाषा, संस्कृतियुक्त समाजले यस्तै स्थिति बोधको आवश्यकता बिगतमा गरेको हो र त्यो असल असाधारणा र आधारभूत परम्परालाई आज पनि दृढताकासाथ पक्रिनु र अझ परिमार्जनकासाथ अघि बढ्नुको कुनै बिकल्प छैन ।

संसार एउटा परिवार भएकाले हामी सबैले मिलिजुली रहनु पर्दछ र त्यसका निमित्त समान आधार तयार गरिनु पर्दछ । हामी सबै मिलेर बाडिचुँडी खानु पर्दछ । आजको विश्वको लागि समानता, न्याय र त्यसको निरन्तरताका लागि नयाँ अर्थशास्त्रको रचना गरिनु पर्दछ ।

यसका लागि केवल अधिक नाफा कमाएर बढी भन्दा बढी पूँजी संकेन्द्रित गर्ने विकास मोडललाई बिना हिच्किचाहट तिलाञ्जली दिनै पर्दछ । उपभोगको अमर्यादित लालसलाई कहिले पनि तृप्त गर्न सकिदैन । यसको कारण के हो भने कामना र इच्छाहरुको कदापि कुनै अन्त्य हुँदैन ।

ती आकाश जस्तै अनन्त छन् । अमर्यादित उपभोग नै बिनाशको मार्ग हो । यदि यसमाथि नियन्त्रण गरिएन र खाशगरी अगस्थी मुठ्ठीभर सम्भ्रान्त मानिसले र थप बृहतरुपमा आम समाजले नै आफ्नो उपभोगको उपयुक्त सीमा निर्धारण गरेन तथा आफ्ना इच्छा आकांक्षाहरुमाथि लगाम लगाएन भने विकास र उन्नति तथा प्रगतिमाथि नै प्रश्न उठ्दछ ।

हामी मानब तथा सम्पूर्ण जीव मात्रको अस्तित्वका लागि पनि यो स्थिति भयानक खतराको स्थिति बन्न जान्छ । सह अस्तित्वको स्वभाविक प्राकृतिक भावनाको स्वीकृति तथा तदनुरुपको आचरण नै पृथ्वीलाई स्वर्ग बनाउने मूल बाटो हो । श्रमको शोषणलाई कायम राखेर समाता खोज्ने कुरा गँजडी गफको कुनै अर्थ छैन र हुन पनि सक्तैन ।

हाम्रा बहु जाति, भाषा, संस्कृतियुक्त समाजले यस्तै स्थिति बोधको आवश्यकता बिगतमा गरेको हो र त्यो असल र आधारभूत परम्परालाई आज पनि दृढताकासाथ पक्रिनु र अझ परिमार्जनकासाथ अघि बढ्नुको कुनै बिकल्प छैन । यो बाञ्छित यथार्थलाई राम्ररी आत्मसात गरौं, गरिनै पर्दछ । बस्तुत सुरक्षित भबिष्यको मूलबाटोे नै यही हो । यसले नै एकदमै प्रष्ट हुन्छ कि शोषणको अन्त्य र प्रकृतिको शतत संरक्षण नै मानब अस्तित्त्व र प्रकृतिको पनि निरन्तरता र जीवन्तताको मूल बाटो हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक