शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रचण्ड र ओली सिद्धिने बाटोमा लागे !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

देशमा अहिले वामपन्थी दलहरु विभाजित छन् । दोस्रो र तेस्रो पार्टी रहेका वामपन्थी दलहरु एमाले र माओवादी केन्द्रबीच विश्वासको वातावरण छैन । केही महिनाअघि माओवादीले सत्तामा ल्याएको एमालेले उसैलाई धोका दिएर कांग्रेससँग मिल्न गएपछि वामपन्थी सहकार्य टिक्न सकेन । कम्युनिस्ट पार्टीहरुबीच विश्वासको खडेरीको संकट देखिँदा यसको असर भने तिनै पार्टीमा देखिने भएको छ ।
२०७४ चुनावमा एमाले र माओवादी केन्द्र मिल्दा पार्टीदेखि जनतासम्ममा छुट्टै रौनक देखिएको थियो । त्यतिबेला वाम गठबन्धनले चुनावमा बहुमत हासिल गरेको थियो । चुनावपछि बनेको नेकपासँग जनताको ठूलो आशाभरोसा थियो । तर, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जुँगाको लडाइँका बीचमा नेकपा धेरै वर्ष टिक्न सकेन । पार्टी विभाजन भएपछिको चुनावमा एमाले र माओवादीको पाएको जनमतमा त्यसको असर देखियो ।

त्यसयता एमाले र माओवादीले एकअर्कासँग हैन, कांग्रेससँग सहकार्य गरेका छन् । यस्तो अप्राकृतिक गठबन्धनको असर भने वामपन्थी दलले चुनावमा भोग्दै आएका छन् । सरकारमा हुँदा अर्को सत्ता सहयात्री दलको माग पूरा गर्न जस्तोसुकै निर्णय गर्दा सरकारको नेतृत्व गर्ने वामपन्थी दलको आलोचना हुने गरेको छ । यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारका मुद्दामा कांग्रेसका ठूला नेताहरुलाई कारबाहीको दायरामा ल्याउन नसकेको आरोप लागेको थियो । अहिले ओलीले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य आरोपी बेचन झालाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई सरुवा गर्ने तथा स्पष्टीकरण सोध्ने लगायतका निर्णय गरेका छन् । यसअघिका भ्रष्टाचारका प्रकरणमा थप अनुसन्धान अघि नबढ्ने स्थिति बनेको छ । यसले भविष्यमा ओली र एमालेलाई नै थप क्षति पु¥याउन सक्ने आकलन गर्न सकिन्छ ।

एमाले र कांग्रेसबीच सत्ता सहकार्य गरेपछि माओवादी दलहरुबीच ध्रुवीकरण सुरु भएको छ । देशमा वामपन्थी दलहरुबीच सहकार्य हुनु सकारात्मक विषय हो । तर, विगतका वाम एकता र विभाजनका नजिरलाई भने नजरअन्दाज गर्न सकिँदैन । त्यसैले यस्ता सहकार्य वा एकता वर्तमानकालमा सत्तारोहण लगायत स्वार्थका लागि हो कि नेपालमा अधुरै रहेको कम्युनिस्ट आन्दोलनका लागि हो, यसमा भने नेताहरु स्पष्ट हुन जरुरी छ ।

नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले कम्युनिस्टहरु एकत्रित हुन सकेनन् । बेलाबेलामा कम्युनिस्ट पार्टीको एकता र विभाजनका श्रृंखला चलिनै रहे, जसका कारण नेपालमा बलियो कम्युनिस्ट संस्कृतिले जरो गाड्न सकेन । पार्टी र तिनका नेताहरुले आफूलाई कम्युनिस्ट घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेन । जसका कारण कम्युनिस्ट पार्टी र तिनका नेताहरुमाथि जनविश्वास बढ्न सकेको देखिँदैन ।

अहिले पनि नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जस्ता नाममा विभाजित छन् । अझै थुप्रै कम्युनिस्ट पार्टी छन्, जो अझै पनि संघर्षको क्रममा छन् । तर, कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ । कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ ।

विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको छ । तर, यस्तो समस्या सधैंभरि देखिँदा नेपाली कम्युनिस्ट पार्टीको धरातल भने खस्किँदै गएको छ । कम्युनिस्ट दलबीचको आफैंको कलहले यी पार्टीमाथि जनताको विश्वास घट्दै गएको छ भने अन्य अप्राकृतिक गठबन्धन देखिएका छन् । यसले सत्तास्वार्थका लागि दलहरुले जे पनि गर्नसक्ने सन्देश जनतामा गएको छ ।

त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृतिक र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजवाद । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने कम्युनिस्ट पार्टीहरुबीचको सहकार्य अत्यावश्यक देखिएको छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

कुखुराको मासु किलोमा २० रुपैयाँले घट्याे

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

९ मिनेट अगाडि
राजदूतमा सुधाकर दलेलाको नाम पठायाे

राजदूतमा सुधाकर दलेलाको नाम पठायाे

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक