आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

किन बढिरहेको छ महिलामाथि घरेलु हिंसा ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
किन बढिरहेको छ महिलामाथि घरेलु हिंसा ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 –जानकी पाण्डे
 विश्व २१औं शताब्दीमा प्रवेश गर्दा पनि अझै महिला हिंसा अन्त्य हुन सकेको छैन । बरु महिलामाथिका हिंसाका रुपहरु मात्र फेरिएको महसुस हुन्छ । नेपालमा महिला हिंसासम्बन्धी विभिन्न निकायका तथ्यांकहरुलाई हेर्ने हो भने यो डरलाग्दो रुपमा बढिरहेको स्पष्ट हुन्छ । तर, जिम्मेवार निकाय भने महिला हिंसा नियन्त्रणमा चुकिरहेको छ । उदाहरणका लागि पछिल्लो ८ वर्षमा बलात्कारका घटना हेरौं । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७३÷७४ देखि आव २०८०÷८१ मा देशभर १६ हजार ९ सय ६० जनामाथि बलात्कार भएको छ । यस अवधिमा ५ हजार १ सय ५ जनामाथि बलात्कार प्रयास भएको देखिन्छ । प्रहरीसमक्ष नपुगेका र गाउँघरमा नै दबाइएका यस्ता घटना कति होलान्, यसको कुनै लेखाजोखा छैन । हालै मात्र आफ्नै कार्यालयमा कार्यरत विवाहित महिलामाथि यौनशोषण गरेको आरोप लागेका कृष्णमान प्रधान निवार्चन आयुक्तको सिफारिसमा परेका थिए । यौन शोषणजस्तो गम्भीर आरोप लागे पनि प्रधानलाई संवैधानिक पद निर्वाचन आयुक्तका लागि संवैधानिक परिषद्ले सिफारिस गरेको थियो । प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश जस्ता देशका प्रमुख व्यक्तिहरु सम्मिलित परिषद्ले यस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई सिफारिस गर्नु दुर्भाग्य मान्न सकिन्छ । यद्यपि, संसदीय सुनुवाइ समितिबाट प्रधान अस्वीकृत भएका छन् । यो घटनाले पनि महिला हिंसा अन्त्यका लागि सरकारले बोलीमा मात्र नभएर व्यवहारमा नै कार्यान्वयन गर्नपर्ने देखाउँछ । महिला हिंसा न्यूनीकरणका लागि प्रयास नभएका होइनन्, सरकारदेखि विभिन्न आईएनजीओ, एनजीओ, सामाजिक अभियानले यस क्षेत्रमा काम गरिरहेका छन् । तर परिणाम सफल देखिएको छैन । सर्वप्रथम महिला आफूमाथिको हिंसा लुकाउन बाध्य छन् । यसको कारण हो, अन्यायको विरुद्ध आवाज उठाउँदा परिवार र समाजबाट टाढिनु पर्ने । समाजमा आफ्नो बेइज्जत हुन सक्ने भन्दै धेरैले आफूमाथिको हिंसा नै बाहिर ल्याउने गरेका छैनन् । महिलामाथिको हिंसामा परिवारभित्रका सदस्यहरु नै देखिएका छन् । परिवारिक सदस्यबाट बलात्कृत हुदा पनि परिवार र सामाजिक डर र करकापले महिलाहरु न्यायको पहलसम्म गर्न सकिरहेका छैनन् । एकपटक कुनै कारण पीडित भई पुनः पीडित हुँदा समाज र परिवारका सदस्यबाट साथ सहयोग नपाउँदा विकल्प नदेखी देहत्यागसम्मको बाटोमा महिलाहरु पुगेको थुप्रै उदाहरण छन् । हिंसाविरुद्ध बोल्नु र सहयोग गर्नुलाई समाज र परिवारले पनि नकात्मक तरिकाले सोच्ने मानसिकता छ । महिला हिंसाविरुद्ध आवाज उठाउँदा देखेजानेका साक्षीलाई समेत प्रभावमा पारी त्यस्ता साक्षीहरुले पीडितलाई अझै पीडित बनाउने काम हुँदै आएको छ । यसबीचमा महिलाले हिंसाविरुद्ध बोल्ने र प्रहरीसमक्ष जाने साहस भने जुटाउन थालेका छन् । सोही कारण यस्ता हिंसाका घटना बाहिर आउन थालेका छन् । पछिल्लो समय हिंसाको प्रकारबारे महिलाहरु जानकार भएको अवस्था छ । मैले हिंसाविरुद्ध बोले पनि मेरो जीवनयापन म आफैं गर्न सक्छु भन्ने आत्मविश्वास पनि उनीहरुमा बढेको छ । महिलाहरु अब आफ्नो जीवन र सुरक्षा ठूलो ठानी न्याय खोज्न घर बाहिर आएका छन् । सञ्चारमाध्यमले पनि महिलासम्बन्धी मुद्दाहरुमा साथ दिँदै आएका छन् । यसकारण हिंसाका घटना सार्वजनिक हुन थालेका हुन् । पछिल्लो समय महिला पनि पुरुषसरह सक्षम देखिएका छन् । उनीहरु पुरुषको काँधमा काँध मिलाएर अघि बढ्न थालेका छन् । पहिलेजस्तो घरको भित्र र चुल्होचौकोमा मात्र उनीहरु सीमित छैन । महिलाहरु कामकाजी हुन थालेपछि उनीहरुको मात्र नभई परिवार र समाजकै जीवनशैलीमा परिवर्तन आएको छ । तर, उनीहरु कामकाजी बन्दा परिवारका अन्य सदस्य र पुरुषहरुले भने यसलाई आत्मसात् गर्न सकेको देखिँदैन । यसले पारिवारिक बेमेल र मनमुटाव बढाएको छ र महिलामाथि हिंसा हुने गरेको पाइन्छ । रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरूले नियन्त्रण गर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छ । हाल महिलाहरूले आफूमाथि हुने हिंसालाई बाहिर ल्याउन थालेको अवस्था छ । तर कानून कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायमा हुने ढिलाई, संवेदनशीलताको कमी, प्रक्रियागत जटिलता, पीडितमुखी न्यायप्रणालीको अभाव र आर्थिक भार पीडितले नै व्यहोर्नुपर्ने आदि समस्याका कारण महिलामाथि हुने हिंसामा न्याय नपाएको अवस्थाहरू रहेको छ । महिला हिंसाका घटनामा राजनीतिक दलहरूले पीडकको संरक्षण नगर्ने र प्रहरी प्रशासनले निष्पक्ष भई काम गर्ने हो भने पीडितले न्याय पाउन सक्ने अवस्था छ । महिलाविरूद्ध हुने हिंसालाई अन्त्य गर्न बनेका कानूनहरू कार्यान्वयन हुनुपर्छ । कानूनहरूको स्थानीय स्तरमा रहेका महिलाहरूलाई जानकारी र सचेतना जगाउनुका साथै व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिनुपर्छ साथै महिला र पुरूषमा भएको असमान सामाजिक शक्ति संरचनामा परिवर्तन गर्दै पितृसत्तात्मक सोचको परिवर्तन गरिए मात्र महिलाहरू अधिकार सम्पन्न हुनसक्छन् । हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचको अधिकार र विवाहित महिलाको पनि पैत्रिक सम्पत्तिमा अधिकारको सुनिश्चितता नभएसम्म महिलाविरूद्धको हिंसा मुक्त समाजको कल्पना गर्न सकिँदैन ।-(लेखक अधिवक्ता हुनुहुन्छ)। जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !

महिलाका कुरा महिलाले नबुझ्दासम्म यस्तै भइरहन्छ

२ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक