केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा आफुले माया गरेको मान्छेलाई समयमा उपचार गराउन नपाएर आफ्नो मान्छेलाई गुमाउदाको पिडा उक्त भिडियोमा देखाइएको छ ।
भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका छन्। त्यस्तै दिनेश पराजुलीको छायाँकन रहेको उक्त गीतमा बिकाश दाहालको सम्पादन रहेको छ । आम दर्शक तथा श्रोताको चाहना अनुरुपको गीत बनेकोले यो गीत मन पराउनेमा आफू आशावादी रहेको निर्माता कुशल गुरुङले जनाए। हाल अमेरिकामा बसोबास गरिरहेका गुरुङले यसअघि पनि ‘अधुरो सपना’ ‘अधुरो सपना-२’ सार्वजनिक गरेका थिए।


