मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विवादित मतदानका बीच भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित घोषणा भएका छन् ।

नेशनल इलेक्टोरल काउन्सिल (सीएनई) का प्रमुख एल्विस अमोरोसोका अनुसार हालसम्म भएको ८० प्रतिशत मतगणनामा मादुरोको पक्षमा ५१ प्रतिशत मत परेको छ । जबकि उनका निकटतम् प्रतिद्वन्द्वीले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । सीएनई प्रमुख अमोरोसो राष्ट्रपति मादुरो निकट मानिन्छन् ।

भेनेजुएलाका विपक्षीहरूले सीएनईको घोषणालाई धोखाधडीको रूपमा व्याख्या गर्दै परिणाम खारेज गर्न माग गरेका छन् । उनीहरूले परिणामलाई चुनौती दिने चेतावनीसमेत दिएका छन् । विपक्षीले अर्का उम्मेदवार एडमुन्डो गोन्जालेजले ७० प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ ।

यसकारण गोन्जालेजलाई राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नुपर्ने उसको दाबी छ । ११ वर्ष सत्तामा रहेका राष्ट्रपति मादुरोलाई हटाउने प्रयासमा विपक्षी दलहरू गोन्जालेजको पक्षमा एकजुट भएका छन् । चुनावअघि गरिएको जनमत सर्वेक्षणले गोन्जालेजले राष्ट्रपति निर्वाचन जित्ने प्रक्षेपण सार्वजनिक भएको थियो । मादुरो सत्तामा आएपछि ७८ लाख व्यक्तिले देश छोडेको बीबीसीले उल्लेख गरेको छ । मादुरो प्रशासनले मुलुकमा आर्थिक तथा राजनीतिक संकट निम्त्याएको बताइएको छ ।

चुनावको मत सर्वेक्षणको बेला एक तिहाइ जनसङ्ख्याले बसाइँ सर्ने प्रतिक्रिया दिएका थिए । मादुरो पुनः राष्ट्रपतिमा स्वीकृति भएमा पलायन थप बढ्न सक्ने आकलन गरिएको छ । यतिबेला अमेरिकी राष्ट्रपतिको निर्वाचनमा समेत बसाइँसराइ, अध्यागमन प्रमुख मुद्दा बनेको छ । अब अमेरिकाले लिने नयाँ नीतिले पनि भेनेजुएलाको पलायनमा प्रत्यक्ष प्रभाव पार्नेछ । एडमुन्डो गोन्जालेज भेनेजुएलाले कससँग व्यापार गर्छ त्यो पनि महत्वपूर्ण छ । किनभने यो संसारको ठूलो तेल भण्डार भएको मुलुकमध्ये एक हो । मादुरोले अमेरिकासँग सम्बन्ध चिस्याएका छन् ।

मादुरोले आफ्नो देशको आर्थिक समस्याको लागि अमेरिकालाई दोष लगाएका छन् । उनले अमेरिकासँग चिसो सम्बन्ध भएका चीन, इरान र रसियासँग घनिष्ठ सम्बन्ध बनाएका छन् । सरकार परिवर्तन हुँदा भेनेजुएला यी देशहरूबाट टाढिने अपेक्षा थियो । तर मादुरा नै सत्तामा आए यी देशहरूसँगको सम्बन्धलाई थप निकट बनाउने बुझिएको छ । यो निर्वाचनले भेनेजुएलाका नागरिकहरूले २५ वर्षदेखिको समाजवादी पीएसयूभी पार्टीको शासनबाट मुक्त हुने अपेक्षा गरेका थिए । यो पार्टीबाट सुरुमा ह्युगो चाभेज र त्यसपछि ११ वर्षदेखि निकोलास मादुरोले शासन गरिरहेका छन् ।

चाभेजको सन् २०१३ मा क्यान्सरका कारण मृत्यु भएको थियो । नागरिक र विपक्षी पार्टीहरू चुनावमा धाँधली हुने र निर्वाचन परिणाममा बलजफ्ती हुनसक्ने आकलनमा भने थिए । मादुरो प्रशासनले सत्ता हातमा लिन जे पनि गर्न सक्छ भन्ने विपक्षीहरूलाई पहिले नै लागेको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सरकारी बफादारहरूको वर्चस्व रहेको राष्ट्रिय निर्वाचन परिषदको नतिजामा शंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘घोषित नतिजाले भेनेजुएलाका जनताको इच्छा वा मतलाई प्रतिबिम्बित गर्दैन भन्नेमा हाम्रो गम्भीर चासो छ ।’

चिलीका राष्ट्रपति गेब्रियल बोरिकले पनि परिणाम विश्वास गर्न गाह्रो भएको प्रतिक्रिया दिएका छन् । उरुग्वेका राष्ट्रपति लुइस ल्याकली पाओले मादुरो सरकारले नतिजा जे भए पनि जित्ने बताएका छन् । गोन्जालेजको नेतृत्वमा रहेको विपक्षी गठबन्धनका प्रवक्ताले सरकारको दमनले आफूहरू धेरै मतदान केन्द्र छोड्न बाध्य भएको बताएका छन् । भेनेजुएलाको निर्वाचन परिणामबारे आलोचना र विवाद भएको यो पहिलो पटक होइन ।

सन् २०१८ मा पनि मादुरो निर्वाचिन हुँदा व्यापार विरोध भएको थियो । भेनेजुयलाको मतदान विद्युतीय हुन्छ । मतदाताहरूले आफ्नो मनपर्ने उम्मेदवारलाई भोटिङ मेसिनमा भोट दिन्छन् । तर मेसिनले कागजी रसिद पनि छाप्छ र त्यसलाई मतपेटिकामा राखिन्छ । त्यसपछि परिणाम सीएनई मुख्यालय पठाइन्छ । कानुनअनुसार प्रत्येक दललाई रसिद गणना गर्न आफ्ना प्रतिनिधि पठाउने छुट छ । तर यो निर्वाचनमा सबै दलले त्यो अवसर पाएनन् । विपक्षी दलहरू आफूहरूले गणना गरेको रसिदको एक तिहाइ नतिजा पनि सीएनईले घोषणा नगरेको जनाएका छन् ।

यो पनि पढ्नुहोस्

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

२१ घण्टा अगाडि
बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक