बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिकको ब्याडमिन्टनमा पराजित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिकको ब्याडमिन्टनमा  पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक-२०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको दोस्रो स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १७२ औं स्थानमा रहेका प्रिन्सलाई २-० को सोझो सेटमा पराजित गरे । कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१-८ र २१-६ ले हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् । प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका निहात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा निहात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन् ।

नेपालमा भएको १३औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्वजुनियर विश्व नम्बर वान खेलाडी हुन् । दुईपटकका ओलम्पिक च्याम्पियन, ५ पटकका विश्व च्याम्पियन तथा ६ पटकका अल इङल्यान्ड च्याम्पियन चीनका लिन डानलाई आफ्नो ‘हिरो’ मान्ने बायाँ हाते प्रिन्सले ७ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका थिए । प्रिन्सको लक्ष्य सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो । जापानमा १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाउन सुरु गरेएता ब्याडमिन्टनमा नेपालले पहिलो पटक भाग लिएको हो ।

प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रुपमा सहयोग गरिरहेका छन् । डेनमार्कमा जन्मिएका भिक्टर दुबईमा बस्छन् । उनी टोकियो ओलम्पिक-२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक-२०१६ का कांस्य विजेता हुन् । दुई पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बीडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले ६ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक