शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

माओवादी सिध्याउने अस्त्र बन्दै द्वन्द्वकालीन मुद्दा !

सत्तामा पुरानै दलहरु दोहोरिए, राजनीतिक परिवर्तनले व्यवहारमा परिवर्तन ल्याएन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माओवादी सिध्याउने अस्त्र बन्दै द्वन्द्वकालीन मुद्दा !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / पुराना दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यपछि यतिबेला माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । शान्ति प्रक्रियामा आएयता हरेक चुनावमा कमजोर बन्दै गएको माओवादीका लागि अब द्वन्द्वकालीन मुद्दा ठूलो चुनौती बनेको छ । केही वर्षयता माओवादीलाई दबाबमा राख्न द्वन्द्वकालीन मुद्दामा अनावश्यक किचलो निकालिँदै आएकोमा अहिले माओवादीलाई सिध्याउन यसलाई अस्त्र बनाउन लागिएको हो ।

पचासको दशकमा माओवादीले थालेको जनयुद्धका मुद्दाहरुको न टुंगो लाग्न सकेको छ, न त राजनीतिक दलले छिटै नै ती मुद्दालाई छिनोफानो गर्ने प्रतिबद्धता दिन सकेका छन् । त्यसैले द्वन्द्वकालीन मुद्दाहरुको भार बोकेर माओवादी हिँडिरहनु परेको छ । देशभित्र नै एक पक्षले विभिन्न मुद्दामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दोषी भएको आरोप लगाउँदै यसअघि दबाबमा परेका थिए ।

विशेषगरी जनयुद्धको नेतृत्व गरेकाले त्यो समयमा भएका घटनामा प्रचण्डलाई आरोप लगाउने प्रवृत्ति छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय रुपमा पनि माओवादी र यसको नेतृत्वको सरकार हुँदा बाह्य शक्तिले यही मुद्दालाई देखाएर दबाब र प्रभावमा पार्ने गरिएको छ । यसले पनि माओवादी नेताहरु द्वन्द्वकालीन मुद्दाले आफूहरुमाथि जुनसुकै बेला कारबाही होला कि भन्ने त्रासमा छन् । यसको असर भने उनीहरुले सरकारको नेतृत्व गर्दा सरकारको कामकारबाहीमा पर्ने गरेको छ । देशभित्र र बाहिरबाट द्वन्द्वकालीन मुद्दामार्फत उनीहरुलाई त्रास देखाउँदा यसले सुशासनको पक्षमा पनि ठूलो असर गरेको छ ।

अहिले सशस्त्र द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा तोकिएको सजाय ७५ प्रतिशतसम्म कटौती गर्ने कानुनी व्यवस्था मिलाउन राजनीतिक दलहरू सहमतिनजिक पुगेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन गठित कार्यदलको गत मंगलबार बसेको बैठकमा प्रचलित कानुनअनुसार सजाय २५ देखि ३० प्रतिशतसम्म मात्र हुने गरी महान्यायाधिवक्ताले सिफारिस गर्न सक्ने प्रावधान राख्ने लगभग सहमति जुटेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमेतको उपस्थितिमा कार्यदलको बैठक बसेको थियो ।

सजाय कटौती कतिसम्म गर्ने भन्ने विषयमा मुख्य गरी एमाले र माओवादीबीच विवाद थियो । एमालेले प्रचलित कानुनले तोकेको सजायमा धेरै छुट दिन नमिल्ने अडान राख्दै आएको थियो, माओवादीले भने द्वन्द्वका क्रममा दोषी भए पनि सजाय थोरै हुनुपर्नेमा जोड दिँदै आएको थियो । मेलमिलाप गर्दा पीडित सहमत नभए प्रचलित कानुनअनुसार दोषीलाई सजायको माग गरी अदालत जाने प्रावधान राख्ने कि नराख्ने र सशस्त्र युद्धमा प्रयोग भएका बाल लडाकुको व्यवस्थापनका विषयमा भने कार्यदलमा टुंगो लाग्न बाँकी छ ।

द्वन्द्वकालीन मुद्दालाई सल्टाउन भनेर सरकारले ल्याएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पनि लामो समयदेखि संसदमा अलपत्र छ । यसमा विभिन्न समिति, उपसमितिमा छलफल चलिरहे पनि अझै टुंगोमा पुग्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डले यो विधेयकलाई छिटो पारित गर्नका लागि विपक्षी दल एमालेसँग पनि सहयोग मागेका थिए । अहिले कांग्रेस र एमालेको गठबन्धनमा सरकार बनेपछि आफू अनकूल विधेयक अघि बढाउन खोजिएको छ । विशेषगरी माओवादीलाई अप्ठ्यारोमा पार्ने गरी कार्यदलमा सहमतिको प्रयास गरिएको छ ।

दुई दशकयता उदाएको पार्टी माओवादी खासमा परम्परागत पार्टीहरु कांग्रेस र एमालेका लागि चुनौती बनेको थियो । तर, केही बाह्य र केही आन्तरिक कारणले माओवादी कमजोर बन्दै गएको छ । पछिल्ला चुनावका नतिताले पनि माओवादीले जनमत गुमाउँदै गएको स्पष्ट हुन्छ । यसबीचमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग पालैपालो सहकार्य गरेर माओवादीलाई मूलधारमा राख्ने प्रयास गरेका छन् । तर द्वन्द्वकालीन मुद्दामा भने माओवादीलाई षड्यन्त्रपूर्वक दोषी देखाएर सिध्याउन खोजिएको र पुरानै दलले सत्तामा हालिमुहाली गर्न खोजेको माओवादी नेताहरुको भनाइ छ । परम्परागत दलहरु नै सत्तामा हावी हुँदा राजनीतिक परिवर्तन भए पनि व्यवहारमा परिवर्तन नभएको र आगामी दिनमा जनता राजनीतिका कारण झनै निराशा हुनुपर्ने उनीहरुको भनाइ छ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा

२६ मिनेट अगाडि
न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको भन्दै चिन्ता व्यक्त

न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको भन्दै चिन्ता व्यक्त

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

के संसद  तमासा देखाउने ठाउँ हो?

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक