काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले बढेर बन्द भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर बढीहेरको नेप्से परिसूचक बिहीबार ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा अडिएको हो । अघिल्लो बुधबार मात्रै बजारमा २७.३२ अंकको करेक्सन देखिएको थियो ।
जहाँ १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो । यस दिन बजारमा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयरको खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा तीन कम्पनीहरूको शेयर सर्किट लेबलमा कारोबार भएको छ ।
बिहीबार उपकार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, एसियन हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । साताको पहिलो दिन आइतबार शेयर बजारमा ६१.६१ अंकको उछाल देखिएको थियो ।
आइतबार मात्रै १५ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार २.१५ अंकले बढेको बजारमा १३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार ७५.३३ अङ्कले सेयर बजारमा उछाल देखिएको थियो । यस दिन १४ अर्बको कारोबार भएको थियो ।