काठमाडाैं । लोकनारायण सुबेदी अध्यक्ष रहेकाे नेपाल कम्युनिष्ट पार्टीद्वारा बिमान दुर्घटनामा परेका परिवारप्रति श्रद्धाञ्जली तथा शोक ब्यक्त २०८१ श्रावण १० गते निकालेकाे छ ।
साे व्यक्तव्यमा सौर्य एयरलायईन्सको एक महिनाका लागि सम्पूर्ण पार्ट चेक जाच गराउन हिजो पोखरा जान लागेको बिमान त्रिभुवनबिमान सथलमै दुर्घनटनाग्रस्त हुँदा बिमान चालक, बिमान प्राबिधिज्ञहरु र एकजना बच्चा सहित १९जनाको दुःखद निधन हुन पुगेको खबरले नेपाल कम्युनिष्ट पार्टी स्तब्ध र अन्त्यन्तै दुखी बन्न बन्न पुगेको जनाइएकाे छ ।
यो नेपालमा बिमान उड्डयनको क्षेत्रमा अर्को एउटा अकल्पनीय क्षति हुनपगेको छ । यस दुःखद यस घडीमा मृतक परिबारप्रति हर्दिक श्रद्धाञ्जली तथा सम्पूर्ण शोकाकुल परिबारजनमा नेपाल कम्युनिष्ट पार्टी गहिरो समबेदना प्रकट गर्दछ । साथै संयोगबस बाचेका बिमानका उपचालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ गर्दछ ।
नियमित बर्षिक पूर्ण प्रबिधिक चेक गराउन एक महिनाका लागि पोखराका लागि उडानमा रहेको यो बिमान यसरी भयावहरुपा दुर्घटना के कारणले हुन पुग्यो यसको गम्भीर, तथ्यपूर्ण र बैज्ञानिक छानबिन गरेर सत्य तथ्य जन समक्ष ल्याउन, आउँदा दिनमा यस्ता दुःखद दुर्घटना दोहोरिन नदिन र बिमान सेवालाई सुरक्षित तुल्याउन आवश्यक सबै सतर्कता र सावधानी अपनाउने आवश्यक ब्यबस्था गर्न समेत नेपाल कम्युनिष्ट पार्टी जोडदार आग्रह गर्दृछ ।