सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कांग्रेस–एमालेको सत्ता सहकार्य देश र जनताका लागि घातक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

नेपाली राजनीतिमा सधैंजसो एकअर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएको छ । कांग्रेस संसद्को पहिलो दल हो भने एमाले दोस्रो । सामान्यतया संसद्को पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षी बन्ने चलन छ । तर, २०७९ सालमा भएको आम चुनावपछि पहिलो र दोस्रो दललाई आलोपालो साथमा लिएर माओवादी केन्द्रले सरकार चलाउँदै आएको थियो । यसपटक भने कांग्रेस र एमाले मिलेर सत्ता चलाउन थालेका छन् भने माओवादी प्रमुख प्रतिपक्षी दल बनेको छ ।

कांग्रेस र एमाले फरफरक नीति, सिद्धान्त, आदर्श र एजेन्डा भएका पार्टी हुन् । वामपन्थी पार्टी एमाले कम्युनिस्ट सिद्धान्त, नीतिमा आधारित छ । दक्षिणपन्थी दल कांग्रेस पुँजीवादी सिद्धान्तको पक्षपोषक हो । त्यसैले यी दुई दलको सहकार्य प्राकृतिक मान्न सकिँदैन । तर, नेपालमा भने राजनीतिक दलको आस्था, सिद्धान्त एकातिर राखेर सत्ता स्वार्थका लागि सहकार्य गर्ने प्रचलन बढ्दो छ । विगत डेढ दशकयता यस्ता अस्वाभाविक राजनीतिक सहकार्य हुँदै आएको छ, जसको परिणाम सुखद देखिँदैन ।

विगतमा पनि कांग्रेस र एमालेबीच पटकपटक सत्ता सहकार्य भएको छ । २०४६ सालमा कांग्रेस, संयुक्त मोर्चाको सहभागितामा चुनावी सरकार गठन भएको थियो । २०५४ सालमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो । जुन सरकारले प्रतिनिधिसभा विघटन गरी २०५६ वैशाख २० मा चुनाव घोषणा गरेको थियो । २०६१ सालमा कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा तत्कालीन राजा ज्ञानेन्द्रले सरकार गठन गर्दा एमाले पनि सरकारमा सहभागी भएको थियो ।

दोस्रो जनआन्दोलनपछि २०६३ मा कांग्रेका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा एमाले सहभागी भएको थियो । यो सरकारको पालामा जनयुद्धको क्रममा रहेको माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको थियो । त्यसपछि २०६६ सालमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको थियो । त्यतिबेला माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो ठूलो दल थिए । प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गर्ने निर्णय राष्ट्रपति रामवरण यादवले रोकेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका थिए । त्यसपछि यो सरकार बनेको थियो । यो सरकारले संविधान र शान्ति प्रक्रिया टुंग्याउने योजना बनाए पनि संविधान लेखन पूरा हुन सकेन । माओवादी लडाकु तथा हतियारलाई सेना समायोजन विशेष समिति मातहतमा ल्याउने काम भने यो सरकारको पालामा भएको थियो । २०७० सालमा दोस्रो संविधानको निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी भए । यी दुवै दलले सत्ता सहकार्य गरे र २०७२ असोज ३ मा संविधान जारी भएको थियो ।

त्यसयता अहिले पुनः कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको हो । पछिल्लो १८ महिना प्रधानमन्त्री प्रचण्डलाई काँध थाप्न कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्यो । २०७९ फागुनमै एमालेको काँध फेरेका प्रचण्डले कांग्रेसलाई साथमा लिए भने २०८० फागुनदेखि फेरि एमालेले काँध हाल्यो । असार १७ मा आएर प्रधानमन्त्री प्रचण्डलाई काँधबाट झारेर कांग्रेस र एमालेले सत्ता सहकार्यका लागि समझदारी गरेका छन् । कांग्रेस र एमालेको आधा दर्जन पटकको सत्ता सहकार्यले संविधान निर्माण बाहेक उपलब्धि र राजनीतिक स्थिरता दिन नसकेको विगतको चित्र छ ।

संसद्को पहिलो र दोस्रो दल मिलेर सत्ता साझेदारी अघि बढाएसँगै दुवै दलको सहकार्य कसरी अघि बढ्ला भन्ने चासो पनि बढिरहेको छ । दुई दलले संविधान संशोधन गर्नेसम्मकै एजेन्डालाई अघि सारेर सत्ता सहयात्राको थालनी गरेका बेला उनीहरूबीचको सहकार्य संसद्को बाँकी कार्यकालसम्म नै चल्छ या चल्दैन भन्ने अड्कलबाजी पनि सुरु भइसकेको छ । कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अहिले विशेषगरी आपसी स्वार्थको रक्षाका लागि पनि हो । कांग्रेसका विभिन्न नेताहरु अहिले भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । एमालेको पनि अवस्था उस्तै छ ।

राजनीतिक स्थायित्वका लागि भन्दै सत्तामा आएका कांग्रेस–एमालेसामु विभिन्न चुनौती खडा छन् । स्थायित्वको नारा अघि सारेकाले अर्को अस्थिरता निम्तिन नदिनु र जनताको दिनानुदिनको समस्या तत्काल समाधान गर्नु मुख्य चुनौती हुन् । कांग्रेस–एमालेले अघि सारेका संविधान संशोधनको विषय पनि निकै चुनौतीपूर्ण छ । संविधान संशोधनको कुरा आवरण मात्रै हो कि साँच्चै पहल गर्छन् भन्ने अनिश्चित । दुई ठूला दलले चाहेर मात्र यो हुँदैन । कांग्रेस–एमालेको गठबन्धन नै अप्राकृतिक भएकाले उनीहरुले दाबी गरेजस्तो देशमा ठूलो परिवर्तन आउने सम्भावना कम छ । शासकीय सुधार, सेवा प्रवाहको गुणस्तर, राज्यको चरित्र, राजनीतिको प्रवृत्ति र जनताको जीवनस्तरमा कांग्रेस–एमाले गठबन्धन हुँदैमा परिवर्तन आउने सम्भावना कम छ ।

यसको छनक मन्त्रिपरिषद् गठनमा नै देखिएको छ । विगतमा विभिन्न प्रकरणमा नाम मुछिएका र स्वार्थ बाझिने मन्त्रालयमा मन्त्रीहरुको नियुक्ति भएको छ । अर्कोतर्फ यो गठबन्धन सफल नहुँदा जनतामा झन् धेरै निराशा फैलिनेछ । गत चुनावयता पटकपटक सत्ता गठबन्धन फेरबदलले केन्द्र र प्रदेशमा सरकार अस्थिर भएका छन् । यसले जनता आजित भएका छन् । त्यसैले पहिलो र दोस्रो ठूलो दलको गठबन्धनको सरकार पनि स्थायी नभएमा यसले राजनीतिक निराशा झन् बढाउनेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

५९ मिनेट अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक