मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरूको टोली स्वदेश फिर्ता भएका छन् ।

‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धी सेमिनार’मा सहभागी हुन चीन भ्रमणमा गएका महिला सांसदहरू सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका छन् । सांसदहरूले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गरेका थिए । महानिर्देशक लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए । नेपाली महिला सांसदको ११ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसङ्ग संयुक्त भेट गरेको हो । भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने बताएका थिए ।

लुओले कोभिड-१९ महामारीका कारण धेरै समस्याको सामना गरेपनि अहिले विस्तारै सबै कुरा लयमा आएको बताएका थिए । ‘राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ । यो भ्रमणका क्रममा तपाईले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ’, उनले भनेका थिए, ‘अब दिगो विकास लक्ष्य पुरा गर्न ६ वर्ष बाँकी छ । यो धेरै महत्वपूर्ण विषय हो । जुन हामीले गर्नैपर्नेछ ।’

त्यस अवसरमा माल्दिभ्सको विदेश मामिला मन्त्रालयका राज्यमन्त्री शेरीना अब्दुल समदले माल्दिभ्समा ५२ प्रतिशत महिलाको जनसंख्या भएपनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताएका थिए । समस्या कहाँ छ ? के कारणले महिलाहरू नेतृत्वदायी भूमिकामा आउन सकेन भनेर त्यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री समदले बताएकी थिइन् ।

 

त्यस्तै श्रीलंकन महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथा लगायतले धारणा राखेका थिए ।

नेपालको तर्फबाट भ्रमण टोलीको नेतृत्व गरेकी सांसद शुसिला श्रेष्ठले राजनीतिक रूपमा नेपालमा महिलाका निम्ति ३३ प्रतिशत संघ र प्रदेशको संसदमा महिला सहभागिता सुनिश्चित गरिएको र स्थानीय तहमा करिब ४४ प्रतिशत भन्दा बढी महिला नेतृत्व रहेको बताएकी थिइन् । तर अझैपनि मूल नेतृत्वमा महिलाको सहभागीता बढाउनका निम्ति काम गर्नुपर्ने अवस्था रहेको उनको भनाई थियो । नेपाललगायत श्रीलंका, माल्दिभ्स र पाकिस्तानका महिला मन्त्री तथा सांसदहरुले सेमिनारमा सहभागिता जनाएका थिए ।

यस्तै महिला सांसदहरू बेइजिङमा आयोजित ‘ग्लोबल शेयर्ड डेभलपमेन्ट एक्सन फोरमको दोस्रो उच्चस्तरीय बैठक’मा पनि सहभागि भएका थिए । यो अर्को एउटा उच्चस्तरीय बैठक हो । उक्त बैठकको उद्घाटन समारोहमा मन्त्री तथा सांसदहरु सहभागी भएका हुन् । उक्त बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीले सम्बोधन गरेका थिए ।

असार २४ गते राती चाइना साउदर्नको उडान नम्बर सिजेड ३०६८ मा ११ जनाको टोली काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ गएको थियो । प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको नेतृत्वमा गएको टोलीमा प्रतिनिधि सभाका सदस्यहरू सूर्यकुमारी श्रेष्ठ, ईश्वरी घर्ती, दुर्गा राई, हर्कमाया विश्वकर्मा, कल्पना मियाँ कुसारी, बिनिताकुमारी सिंह र कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरी सहभागी थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समन्वय गरेको उक्त भ्रमणमा मन्त्रालयका विज्ञ समिति सदस्य राजकुमारी चौधरी, शाखा अधिकृत प्रतिमा ढकाल र स.नि. देविका घर्ती मगर समेत सहभागी थिए ।

उक्त भ्रमण टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग, परराष्ट्र मन्त्रालय चीन, अखिल चीन महिला महासंघ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिको पार्टी स्कुलसँग भेटघाट गरी महिला राजनीतिज्ञको नेतृत्वमा सहभागिता, महिला तथा बालबालिकाको समग्र अवस्था कसरी राम्रो बनाउन सकिन्छ भन्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको थियो ।

टोलीले चीनको राजधानी बेइजिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सङ्ग्रहालय, महिला विश्वविद्यालय चीन, चिनियाँ राष्ट्रिय महिला तथा बालबालिका सङ्ग्रहालय, ग्रेट वाललगायतको अध्ययन/अवलोकन समेत गरेको थियो ।

नेपाली सांसदहरूको भ्रमण टोलीले बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको विशेष आमन्त्रणमा नेपाली राजदूतावासमा भेटघाट गरी भ्रमणका सन्दर्भमा छलफल समेत गरेको थियो ।

जुलाई १४ मा भ्रमण टोली हाइस्पिड ट्रेनको यात्रा गरेर जियाङ्सु प्रान्तस्थित नानजिङ शहर प्रस्थान गरेको थियो । नानजिङ शहरमा भ्रमण टोलीले पुकोउ जिल्लास्थित बुलाओ गाउँमा रहेको महिला उद्यमशिलताको अध्ययन अवलोकन गरेको थियो भने जिनाऐ जिल्लामा अवस्थित महिला र बालबालिकाको अधिकार संरक्षण सेवा केन्द्रको अवलोकन गरेको थियो । जहाँ विवाह र पारिवारिक घटनाका सन्दर्भमा कसरी काउन्शिलिङ सेवा प्रदान गरिदै आएको छ भन्ने विषयमा विश्तृत रूपमा देखाइएको थियो ।

त्यस्तै महिला महासंघको Jinmochou मानव संसाधन सेवा औद्योगिक पार्कको Shaohua कार्यशाला भ्रमण गरिएको थियो भने T3 गो नानजिङ चालक महिला महासंघको अध्ययन अवलोकन गरिएको थियो । टोलीले नानजिङ शहरमै अवस्थित मेइयुआन न्यू भिलेज मेमोरियल हलको भ्रमण, देङ यिङचाओको जन्मको १२०औँ वार्षिकोत्सव, मेइयुआन नयाँ गाउँ मेमोरियल हलमा महिला महासंघको विशेष प्रदर्शनी समेत अध्ययन अवलोकन गरेको थियो ।

टोलीले नान्जिङ महिला र बालबालिकाको स्वास्थ्य सेवा अस्पतालको विशेष भ्रमण गरेर त्यहाँको महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था, अस्पतालबाट दिइने स्वास्थ्य सेवा, अस्पतालको नेतृत्व तहमा महिलाको भूमिका लगायतको विषयमा अध्ययन गरेको थियो ।

जुलाई १५ मै भ्रमण टोली नान्जिङ शहरदेखि सुजोउ शहर पुगेको थियो । परम्परागत शहरको रूपमा समेत परिचित सुजोउमा Humble Administrator’s Garden को अवलोकन गरी त्यहाँको परम्परागत चिनियाँ संस्कृतिको अवलोकन गराइएको थियो ।

जुलाई १६ मा भ्रमण टोलीले सुजोउ शहरमा सुजोउ सङ्ग्रहालय, Hua Tong Hua Yuan छैटौं समुदाय, Tong’anTown Women’s Council, सामुदायिक पारिवारिक शिक्षा, सुजोउ औद्योगिक पार्क प्रदर्शनी केन्द्र, झाओजियास्थित बाल-मैत्री ब्लकमा बालमैत्री सिकाई, सुझौ आर्टिफिसियल इन्टेलिजेन्स औद्योगिक पार्कको अध्ययन अवलोकन गरेको थियो ।

यसरी करिब १०/११ दिनको भ्रमण पुरा गरी नेपाली सांसदहरूको टोली सुजोउबाट साङ्घाई हुँदै हङकङ भएर स्वदेश फिर्ता भएको छ  ।

 

देविका घर्ती मगर

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

११ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक