शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माओवादीको शाख र शक्ति अब पुनस्र्थापित होला ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

प्रधानमन्त्री बनेयताको १८ महिनामा पाँचौंपटक विश्वासको मत लिने क्रममा एक साताअघि संसद्को रोष्ट्रममा उभिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मुहारमा जनयुद्धकालीन प्रचण्डको जस्तो तेज थिएन । थिए त केवल, सत्ता सहयात्री दलबाट पाएका धोका र अविश्वासका चिन्ताका धर्सा । कहिले कांग्रेस त कहिले एमालेसँगको सहकार्यमा सत्ता चलाइरहेका प्रचण्डका लागि साँच्चै भन्नुपर्दा यो अप्रत्याशित सत्ता बहिर्गमन थियो । यो बहिर्गमनका साथै अबको माओवादी रणनीति के हुने ? पार्टीको खस्किँदै गएको जनमत कसरी बढाउने ? माओवादीको शाख र शक्ति कसरी पुनस्र्थापित कसरी गर्ने ? भन्ने प्रश्न पनि अध्यक्ष भएका कारण प्रचण्डतर्फ सोझिएका छन् ।

प्रचण्डले ३ दशकभन्दा बढी समयदेखि माओवादीको नेतृत्व सम्हाल्दै आएका छन् । उनकै नेतृत्वमा जनयुद्ध, शान्ति सम्झौता, बहुदलीय राजनीतिमा माओवादीको आगमन र डेढ दशकयता पटकपटक सत्ताको यात्रा सम्भव भएको थियो । त्यसैले यसबीचमा माओवादीका सफलता, असफलताका मुख्य हकदार वा जिम्मेवार पनि धेरै हदसम्म प्रचण्ड नै हुन् ।

माओवादी २०६४ सालको संविधानसभाको निर्वाचनमा पहिलो पार्टी भएको थियो । प्रत्यक्षतर्फ १ सय २०, समानुपातिकमा १ सय र मनोनीत ९ गरी २ सय २९ सिट जितेको थियो । समानुपातिकमा ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । ०७० मा भएको दोस्रो संविधानसभामा भने माओवादी प्रत्यक्षमा २६ र समानुपातिक ५४ गरी ८० सिट जितेर तेस्रो दल भएको थियो । उसले समानुपातिकमा १४ लाख ३९ हजार मत पाएको थियो । २०७२ मा संविधान जारी भएपछि २०७४ मा भएको आमनिर्वाचनमा माओवादीले प्रत्यक्षमा २६ र समानुपातिकमा १७ सहित ५३ सिट जितेको थियो । उसले त्यसबेला १३ लाख ३ हजार मत पाएको थियो । माओवादीले २०७९ को आमनिर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ र समानुपातिक १४ सिट जितेको थियो । समानुपातिकतर्फ ११ लाख ६२ हजार मत ल्याएर तेस्रो स्थानमा आएको थियो ।

माओवादीले पाएको मत प्रतिशत विश्लेषण गर्दा पनि उसको जनमत क्रमशः घट्दै गएको देखिन्छ । २०६४ मा २९ प्रतिशत, २०७० मा १५ प्रतिशत, २०७४ मा १३ प्रतिशत हुँदै गत आम निर्वाचनसम्म आइपुग्दा उसले ११ प्रतिशतको हाराहारीमा मत पाएको छ । नेताहरुको गल्ती र कमजोरीका कारण माओवादीको विरासत गुम्ने अवस्थामा पुगिसकेको छ । सत्तामा पुगेर पनि देश र जनताका लागि योगदान दिन नसक्दा माओवादीले जनताको विश्वास पनि गुमाइरहेको छ । तर कांग्रेस र एमालेको मिलनले माओवादीमा पुनरुत्थानको बहस सुरु भएको छ ।

२०६३ मंसिर ५ मा बालुवाटारबाट सार्वजनिक भएको माओवादी त्यसपछिका १८ वर्षमा बनेका १३ वटा सरकारमध्ये १० वटामा सहभागी भएको छ । जसमा ४ वटा सरकारको नेतृत्व आफैँले गरेको छ । १८ वर्षमा जम्मा ४३ महिना मात्रै माओवादी विपक्षी बन्यो । तर माओवादीमा अब व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ । माओवादीको एक हिस्सा सुरुवातदेखि नै संसदीय राजनीतिमा रमाएको छ । विप्लव नेकपालगायत क्रान्तिलाई निरन्तरताका लागि लडिरहेका छन् । यसलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पनि मनन गर्न आवश्यक छ । सत्तामा दुई दशक बिताउँदा पनि त्यसको उपलब्धि के भयो ? माओवादीले कहाँ बाटो बिरायो ? यसको निर्मम समीक्षा हुन जरुरी छ ।

कुनै पनि राजनीतिक दलले आगामी निर्वाचनमा चामत्कारिक परिणाम हासिल गर्न गौरवमय इतिहास, प्रष्ट र आकर्षक विचार, स्वच्छ छवि भएको नेतृत्व, बलियो संगठन, आकर्षक मुद्दा, चुस्त व्यवस्थापन क्षमता र जनमुखी कदम चालिरहेको लोकप्रिय सरकारमध्ये अधिकांश वा केही न केही आधार हुन आवश्यक हुन्छ । जनयुद्धका सहभागीको सहानुभूति र गणतन्त्र स्थापनामा गरेको योगदान माओवादीको सम्पत्ति हो । तर, सत्य निरुपण तथा मेलमिलापका काम ढिलो हुँदा, बेपत्ता आफन्तको खोजी र टुंगो नहुँदा, घाइते योद्धा र शहीद परिवारले यथोचित क्षतिपूर्ति प्राप्त गर्न नसक्दा जनयुद्धकै समर्थक र सहभागीसमेत माओवादीसँग रिसाएका छन् । उनीहरुलाई रिझाउने काम माओवादी नेतृत्व तहकै हो ।

माओवादीले गत चुनावमा पाएको मतलाई हेर्ने हो भने प्रतिपक्षमा बस्ने जनादेश पाएको थियो । अब माओवादी प्रमुख प्रतिपक्षमा पुगेको छ । त्यसैले सत्ताको दाउपेचभन्दा भन्दा पनि पार्टी सुदृढीकरण र जनविश्वास जित्ने रणनीतिमा माओवादी अघि बढ्न जरुरी छ । माओवादीभित्र पनि अध्यक्षलाई सबै शक्ति र जिम्मेवारी हस्तान्तरण गर्ने प्रवृत्तिले पार्टी बलियो नहुने सन्देश दिएको छ । अर्कोतर्फ अन्य वामपन्थी दलहरुबीचको सहकार्यले पनि माओवादीको शाख फिर्ता गर्न सक्नेछ । प्रचण्डको मुहारमा जनयुद्धकालीन क्रान्तिकारी योद्धाको चमक फिर्ता हुन सक्नेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

५ मिनेट अगाडि
कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक