शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

एमालेको जबज र कांग्रेससँगको सत्तायात्रा

पछिल्लो समीकरणले एमालेको स्खलन, वाम कित्ताबाट दूरी बढाउँदै ओली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेको जबज र कांग्रेससँगको सत्तायात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / लामो समययताको राजनीतिक रस्साकस्सीपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् भने तीन वर्षपछि सिंहदरबारमा पुनरागमन पनि गरेका छन् । तर कांग्रेससँगको अप्राकृतिक गठबन्धनले एमाले वाम कित्ताबाट टाढा हुँदै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति गरेर आलोपालो सत्ता चलाउने निर्णय गर्नु ओली स्वयं र पार्टीका लागि आत्मघाती बन्ने देखिएको हो ।

कांग्रेस–एमालेको गठबन्धन सुरु भएसँगै यता समाजवादी मोर्चा पनि सक्रिय भएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी लगायतका दल सहभागी समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धन पश्चगमनकारीको संज्ञा दिएको हो । यसले एमाले वाम कित्ताबाट दूरी बनाउँदै गएको स्पष्ट हुन्छ । अर्कोतर्फ जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गनिर्देशक सिद्धान्त मान्ने र पुँजीवादी पार्टी कांग्रेसबीच अहिले देखिएको गठबन्धन नै अप्राकृतिक भएको विश्लेषकहरुले जनाएका छन् । त्यसैले यो गठबन्धन लामो समयसम्म टिक्नेमा उनीहरुको आशंका छ ।

२०४९ सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारीले पाँचौं महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम ः जनताको बहुदलीय जनवाद’ प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममार्फत गणतन्त्र स्थापनाको अभिभारा पूरा भए पनि अझै केही काम बाँकी रहेको एमालेको ठहर छ । भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा पहिलो पटक आफ्नै मौलिकताको कार्यक्रम अगाडि सारेका थिए । ६६ पृष्ठ लामो उनको कार्यक्रमलाई महाधिवेशनले पारित गरी लागू गरेको थियो । अरू कम्युनिस्ट पार्टीले ‘नयाँ जनवाद’ भनिरहेका बेला भण्डारीले जबजको अवधारणा अघि सारेका थिए । यसअघि पार्टी महाधिवेशनमा अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद कार्यक्रमभित्रका सामन्तवाद र राजतन्त्रको अन्त्य एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाजस्ता अभिभारा पूरा भए पनि सामन्तवादका अवशेष उन्मूलन गर्न र दलाल पुँजीवादको चंगुलबाट मुक्त गर्दै राष्ट्रिय पुँजीको विकास गर्न बाँकी रहेको उल्लेख गरेका थिए ।

साथै, उनले परनिर्भरतालाई अन्त्य गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने, राष्ट्रिय स्वाधीनतालाई चुनौती दिने बाह्य हस्तक्षेपको पूर्ण अन्त्य गर्ने, असमान सन्धिहरूको पुनरावलोकन तथा गुमेको भूभाग फिर्ता गर्ने काम बाँकी रहेको जनाएका थिए । तर, त्यसविपरीत अहिले एमाले नै पुँजीवादी दल कांग्रेससँग हात मिलाउन पुगेका छन् । त्यसकारण उनको कार्यकाल लामो आयुको र प्रभावकारी हुने भन्नेमा आशंका देखिएको छ ।

राजनीतिक परिवर्तन धेरै भए पनि मुलुकको आर्थिक सामाजिक रूपान्तरण हुन सकेको छैन । भ्रष्टाचार, अनियमितता, कुशासनले मुलुकलाई जकडेको छ । तीनै तहका सरकारले जनता ‘डेलिभरी’ दिन सकेका छैनन् । त्यसले जनतामा निराशा र सन्तुष्टि फैलिएको छ । जनतामा पुराना नेता र दलप्रति वितृष्णा र आक्रोश पनि पैदा भएका छन् । नयाँ पार्टी भनेर आएकाहरू पनि सरकारप्रति आक्रामक नै हुने देखिएको छ, जसले सरकारप्रति सदन र सडकमा नै प्रतिरोध हुने सम्भावना छ । यी चुनौतीको सामना गर्दै मुलुकको विकास र समृद्धिमा अघि बढ्नुपर्ने जिम्मेवारी ओली सरकारले पाएको छ ।

यसबीच, समाजवादी मोर्चाले कांग्रेस र एमालेको सरकारलाई ‘पश्चगमनको यात्रा’का रूपमा व्याख्या गरेको छ । मंगलबार अपराह्न नेकपा एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई ‘पश्चगमनको यात्रा’ भनेर निष्कर्ष निकालेको हो ।

बैठकले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्ने सन्दर्भमा अर्काे बैठकले तय गर्ने निर्णय गरेको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्ष समाजवादी मोर्चामा समेटिएको छ । बैठकले श्रेष्ठलाई सचिवालय सदस्यमा थप गरेको हो । यसअघि सचिवालय सदस्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका नेता खडगबहादुर विश्वकर्मा थिए ।

समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्तावेज पेस गर्न कार्यदल बनाएको छ । मोर्चाको बैठकले १५ दिनभित्र दस्तावेज पेस गर्न कार्यदल बनाएको हो । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षागरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए । ‘उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंहको मसाललगायतलाई पनि मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रगतिशील र कम्युनिष्टसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना छ ।’ जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा

२८ मिनेट अगाडि
न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको भन्दै चिन्ता व्यक्त

न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको भन्दै चिन्ता व्यक्त

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

के संसद  तमासा देखाउने ठाउँ हो?

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक