झापा । कन्काई नगरपालिका-२ पवित्रा पेट्रोल पम्प नजिक सडकमा प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगा तर्फ जाँदै गरेको को.१९ प ६२८२ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका-५ बस्ने ४१ वर्षीय लक्ष्मी प्रसाद सुब्बाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


