सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

युराेपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
युराेपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मस्को । क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका लागि युरोपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभास पूर्ण’ कुरा गर्दै भन्नुभयो, “युरोप हाम्रो क्षेप्यास्त्रको निशाना हो, हाम्रो देश युरोपमा रहेका अमेरिकी क्षेप्यास्त्रको निशाना हो ।”

रूसी सरकारी टेलिभिजन रसिया–वनसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीसँग यी क्षेप्यास्त्रको सामना गर्न पर्याप्त क्षमता छ तर यी देशका राजधानीहरू सम्भावित पीडितहरू हुनेछन् ।”

कार्यक्रमका प्रस्तोता पावेल जारुबिनले सोभियत सङ्घको पतनसँगै शीतयुद्ध समाप्त भएको औँल्याइरहँदा पेस्कोभले टकरावले समग्र युरोपलाई कमजोर पार्न सक्ने सङ्केत गर्दै भन्नुभयो, “अहिलेको युरोप आफ्नो सबैभन्दा राम्रो क्षणमा रहेको छैन । फरक परिप्रेक्षमा इतिहासको पुनरावृत्ति अपरिहार्य छ ।”

ह्वाइट हाउसले नाटोको शिखर सम्मेलनका क्रममा सन् २०२६ देखि जर्मनीमा टोमाहक क्रुज क्षेप्यास्त्रलगायत लामो दूरीका हतियारहरू समय समयमा तैनाथ गर्ने घोषणा गरेको थियो । सम्मेलनमा ह्वाइट हाउसले भनेको छ, “यी उन्नत क्षमताको प्रयोगले नाटोेप्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता र युरोपेली एकीकृत निरोधमा अमेरिकाको योगदानलाई प्रदर्शित गर्नेछ ।”

क्रेमलिनले यो कदमको आलोचना गर्दै वासिङ्टनले नयाँ शीतयुद्धतर्फ कदम चालेको र युक्रेनको द्वन्द्वमा प्रत्यक्षरूपमा सहभागी भएको आरोप लगाएको छ ।

रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग टेलिफोन वार्ता गरी सम्भावित तनावको जोखिम कम गर्ने विषयमा छलफल गरेको रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सन् २०२२ मा युक्रेनमा रूसको सैन्य अभियान सुरु भएपछि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नाटो सदस्य राष्ट्रहरूले युरोपमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएका छन् । एएफपी

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

५३ मिनेट अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

५४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक