आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

विपद्मा परेका जनता र सरकार !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अहिले देशैभर बाढीपहिरो र डुबानका कारण जनता समस्यामा परेका छन् । हरेक वर्षजसो प्राकृतिक विपत्तिले सयौं नागरिकको मृत्यु भइरहेको छ । तर, यसप्रति उदासीन राजनीतिक दलका नेताहरु भने सरकार ढाल्ने र बनाउने खेलमा सक्रिय छन् । एमाले र माओवादीबीचको चार महिनायताको भत्किएको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकार बनाउने सहमति भएको छ । यही कारणले सरकार आफ्नो गुमिसकेको कुर्सी बचाउन सकिन्छ भन्ने चिन्तामा छ । देशभर देखिएको विपद् रोकथाम र समस्या निराकरणमा नेताहरुको चासो देखिएको छैन ।

अविरल वर्षाका कारण गत जेठ अन्तिमयता मंगलबारसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी ८० जनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कोशी प्रदेशमा १९ जना, र सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती प्रदेश र कर्णाली प्रदेशमा ४–४ जना र मधेश प्रदेशमा ३ जना र काठमाडौं उपत्यकामा १ जना गरेर जम्मा ८० जनाको मृत्यु भएको हो । विपद्का घटनाबाट २ हजार ७६४ घर परिवार विस्थापित भएका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले पनि बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । सांसदहरुले बाढीपहिराका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरेका हुन् । बाढीपहिराका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडकखण्डसमेत अवरुद्ध भएको छ । तर, मनसुनजन्य विपद्मा ज्यान गुमाएकाका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति एवं राहतको प्रबन्ध गर्नुपर्नेमा सरकारले ध्यान दिन सकेको छैन । मनसुनजन्य विपद् जोखिम घटाउन र जोखिम व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।

बाढीपहिरोजस्ता विपद् हरेक वर्ष देखिने गरेको छ । यसको पूर्वतयारी र नियन्त्रणका प्रयास नै क्षति घटाउने मुख्यस उपाय हुन् । यसका लागि विपद्को कारण पत्ता लगाउने, समुदायमा बेलैमा बिपत् जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गराउने, पूर्वसूचना प्रणाली स्थापना गराउनेजस्ता कार्य गर्न ढिलो गर्नुहुँदैन । यस्तो संवेदनशील विषयमा सरकार तथा सरोकारवाला बेलैमा गम्भीर भई समन्वय, सहकार्य तथा सहयोग कायम राख्नु अति आवश्यक छ । जोखिम सतर्कताका आधुनिक डिजिटल उपकरण, सञ्चार प्रविधिको विकास गर्नुपर्दछ । मलिलो उर्बर भूमि, खोलाखोल्सी र जंगल क्षेत्र अतिक्रमण गरी फस्टाउँदै गएका घरजग्गा कारोबारलाई नियमन गर्न आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरी उचित व्यवस्थापन गर्नुपर्छ ।

काठमाडौं उपत्यकालगायत सहरमा बाढी न्यूनीकरण गर्न खोलाको अतिक्रमणलाई रोक्नुपर्छ । सुकुम्बासी बस्तीको व्यवस्थापन गर्नुपर्छ । ढलको उचित व्यवस्थापन गर्नुपर्छ । सहरीकरणले पैदा भएको एकीकृत बस्तीको अवधारणा सबैभन्दा वैज्ञानिक र व्यावहारिक हुन्छ । बाढीपहिरो जोखिमको पूर्वतयारी, जोखिमको बेलाको उद्धार तथा जोखिमपछिको राहत वितरणका लागि प्रकोपपूर्व नै आवश्यक तयारी गर्नुपर्छ, योजना बनाउनुपर्छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक