सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-९ मामसखोप बस्ने जयबिर तामाङको घरमा विद्युत सट भई सोमबार बिहान आगलागी हुँदा घर भित्र रहेको नगद २ लाख ५० हजार रूपैयाँ, लत्ताकपडा, भाँडाबर्तन, अन्नपात लगायतका सामान जलेर करिब ८ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


