झापा । भारतको मेघालयमा ४ जना जनाको घाँटी रेटेर हत्या भएको छ।
मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको विभत्स हत्या भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटना मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो। पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरेजस्तो देखिएको नर्थइस्ट टिभीको अनलाइन संस्करणले जनाएको छ।
घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको जनाइएको छ। हत्या गरिएका चार जनामध्ये नेपाली नागरिक पनि हुनसक्ने मेघालयका अधिकारीहरूले जनाएका छन्।
मारिएका ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएको जनाइएको छ।


