आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

एकीकृत समाजवादीमा नेता व्यवस्थापन कठिन, १८ पदाधिकारी र केन्द्रीय सदस्यमा विवाद

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एकीकृत समाजवादीमा नेता व्यवस्थापन कठिन, १८ पदाधिकारी र केन्द्रीय सदस्यमा विवाद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
फणीन्द्र नेपाल

काठमाडौं । लामो रस्साकस्सीपछि नेकपा (एकीकृत समाजवादी)का तीन महत्त्वपूर्ण पद अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत चयन भएका छन् ।

असार १६ गते उद्घाटन भएको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत बिहीबार नेताहरूबिच आन्तरिक सहमति गरेर महाधिवेशन हलबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरिएको हो ।
यसअघि पनि नेपाल, खनाल र भुसाल सोही पदमा थिए । यद्यपि महाधिवेशनमार्फत तीनै जना नेता अध्यक्ष पद हत्याउन लागिपरेका थिए ।
बुधबार बेलुका चार वटा दस्ताबेज पारित भएसँगै नयाँ नेतृत्व सर्वसम्मत गर्न नेताहरू छलफलमा जुटे पनि बिहीबार चार बजेसम्म सहमति जुट्न सकेको थिएन । नेताहरूको अडान कायमै रहेपछि सम्झाउने क्रममा माधव नेपाल र घनश्याम भुसाललाई झाङलझुङल नै गरिएको थियो ।
स्रोतका अनुसार दुवै नेताले अडान नछाडेपछि सो पार्टीका सांसदसमेत रहेका नेता किसान श्रेष्ठले नेपाल र भुसाललाई झाङलझुङल पार्दै सहमतिका लागि दबाब दिएका थिए । त्यसपछि मात्र नेताहरू सहमतिमा पुगेका थिए ।

लगभग २४ घण्टाको रस्साकस्सी र छलफलपछि २१ पदाधिकारीमध्ये ३ पदमा सहमति जुटे पनि बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुट्न बाँकी छ । बाँकी पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, उपमहासचिव ४ र सचिव ७ गरी १८ पदमा सहमति जुटाउनुपर्नेछ ।

स्रोतका अनुसार ती पद र केन्द्रीय सदस्यहरूमा नेताहरूबिच सहमति जुटाएर शुक्रबार बिहान हलमा पढेर सुनाउने र हलबाट अनुमोदन गराउने तयारी छ ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि सहमतिबाटै टुङ्गो लगाएर घोषणा गरिने नेता केशवलाल श्रेष्ठले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने छ । जसमा २१ पदाधिकारीसमेत जोडिनेछन् । ‘बाँकी पदाधिकारीमा पनि हामी सर्वसम्मत बनाउनेगरी छलफल गर्नेछौँ’, नेता श्रेष्ठले भने, ‘प्रत्येक प्रदेशको भूगोलमा रहेको पार्टीको सदस्य सङ्ख्याका आधारमा निश्चित केन्द्रीय कमिटीका सदस्यहरू प्रदेशबाट सकेसम्म प्रस्ताव गर्न र विभिन्न क्लस्टरमा पनि सर्वसम्मत गर्न हामी जुट्नेछौँ ।’

वरिष्ठ उपाध्यक्षमा पाण्डे र भुसालको भिडन्त 

 

नेतृत्वमा आकाङ्क्षी बढ्दा सो पार्टीमा नेताहरूको व्यवस्थापन कठिन भएको छ । अध्यक्ष र महासचिवमा सहमति जुटे पनि वरिष्ठ उपाध्यक्ष, उपमहासचिव र सचिवका लागि नयाँ–पुराना नेता आकाङ्क्षी छन् । तर सीमित पद हुँदा नेताहरूलाई व्यवस्थापन गर्न कठिन भएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार खासगरी वरिष्ठ उपाध्यक्ष पद कसले पाउने भन्नेमा नेताहरूबिच सहमति जुट्न सकेको छैन । उक्त पदमा नेता राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रकाश ज्वाला लगायतको दाबी छ ।

यस्तै महासचिवमा दाबी गरेका जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ लगायतका नेताहरू उपमहासचिवमा चित्त बुझाउन बाध्य हुने भएका छन् । रामकुमारी झाँक्रीलाई उपमहासचिव या उपाध्यक्ष बनाउने तयारी भएको छ । नेताहरू केशवलाल श्रेष्ठ, प्रमेश हमाल लगायतलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषय पेचिलो बनेको छ ।

नेताहरूले विभिन्न पदमा दाबी गरे पनि यस पटकबाट सिर्जना गरिएको वरिष्ठ उपाध्यक्ष पद एमालेमा निष्क्रिय रहेका नेता भीम रावलका लागि भएको कतिपय नेताहरूको भनाइ छ । महाधिवेशनलगत्तै नेता रावल एकीकृत समाजवादीमा प्रवेश गर्नसक्ने भएकाले उक्त पद सिर्जना गरिएको एक नेताको भनाइ छ ।

अध्यक्ष मण्डलका अध्यक्ष खनालमाथि प्रश्न

jhalnath khanal

महाधिवेशन हलमा अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत चयन भएको घोषणा गर्ने क्रममा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि सहमतिबाटै शुक्रबार घोषणा गरिने बताएका थिए । तर खनालको उक्त घोषणाप्रति धेरै नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् ।

नेतृ रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठ लगायतले खनाललाई बाँकी पदाधिकारी घोषणा गर्ने अधिकार कसले दियो भनेर प्रश्न गरेका छन् ।

नेतृ झाँक्रीले खनालको घोषणाप्रति असन्तुष्टि जनाउँदै बिहीबार साँझ नै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘अध्यक्ष र महासचिव सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गयौँ/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य, खै त खनाल कमरेड ?’

त्यसैगरी सांसद किसान श्रेष्ठले पनि अध्यक्षसहित तीन पदमा सर्वसम्मत भएकोमा अधिकांश नेता कार्यकर्ता खुसी भए पनि बाँकी पदमा निर्वाचन गर्नुपर्ने भन्ने प्रतिनिधिहरूको सुझाव विपरीत नेतृत्वले नै घोषणा गर्ने कुरा अलोकप्रिय रहेको बताए ।

‘अध्यक्ष मण्डलको अध्यक्ष झलनाथ खनालले अरु पदाधिकारी र केन्द्रीय सदस्य पनि सचिवालयबाट निर्णय गरेर भोलि हलबाट अनुमोदन गराउँछौँ भन्नुभयो, यो घोर आपत्तिजनक छ’, उनले भने, ‘यो पूरै कार्यकर्ताका बिचमा अलोकप्रियमात्रै छैन, त्यो म्याण्डेट पनि छैन ।’ राताेपाटी

 

यो पनि पढ्नुहोस्

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

२ घण्टा अगाडि
लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक