शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सहकारी समस्याबारे नाटक मञ्चन किन ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

सहकारीमा हजारौं सर्वसाधारणको अर्बौं रकम फसेपछि यतिबेला सरकारले छानबिनका लागि विशेष संसदीय समिति बनाएको छ । समस्याग्रस्त सहकारीको छानबिनका लागि भनेर दलहरुले भागबण्डा गरेर समिति बनाएका हुन् । तर, यतिबेला सहकारी पीडितहरु भने आन्दोलनमा छन् । आफ्नो जीवनभरको कमाइ सहकारी सञ्चालकले हिनामिना गरेपछि पीडितहरुको ठूलो चिन्तामा छन् । यस्तोमा सरकारले दोषीहरुलाई धमाधम पक्राउ र कारबाहीको दायरामा ल्याउनुपर्नेमा छलफलमा नै समय बिताइरहेको हो ।

विपन्न वर्गले सानोतिनो रकम बचत गर्ने देशभरका सहकारीहरु अहिले समस्याग्रस्त अवस्थामा पुगेका छन् । ठूलो संख्याका नागरिकको बचत उठाएर यसको दुरुपयोग हुँदा अहिले हजारौं सर्वसाधारण पीडित भएका छन् । यी त्यस्ता नागरिक हुन्, जसको बचत रकम कतै औषधि खर्चमा, कतै सन्तानको शिक्षामा त कसैको दैनिक गुजारामा प्रयोग हुँदै आएको थियो । सहकारीमा रकम बचत गर्दै सानो घर बनाउने, व्यवसाय चलाउने वा सुन्दर भविष्यको कल्पना गर्ने यहाँ थुप्रै व्यक्ति छन् । उनीहरुको अहिले सपना खोसिएको छ । केही सहकारी सञ्चालकहरुको कारण सर्वसाधारण आफ्नो रकमका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था आएको छ ।

तर, सहकारी संस्थाको बचत रकम दुरुपयोगमा संसदीय विशेष छानबिन समितिले सहकारी क्षेत्रका समस्याहरू समाधानका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ । गत मंगलबार बानेश्वरमा बसेको समितिको बैठकले राष्ट्रिय दलहरूलाई लिखित पत्राचार गर्ने निर्णय गरेको हो । समितिका सभापति सूर्य थापाले सहकारी क्षेत्र आर्थिक क्षेत्रमात्र नभएकाले राजनीतिक दलहरूको सहयोगको अपेक्षा गरेको जनाएका छन् । उनकै शब्दमा भन्नुपर्दा ‘संगठित रूपमा सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थापनमा राजनीतिक दलहरू जिम्मेवार छन् । दलका विभिन्न व्यक्तिहरू संलग्न छन् । शुद्धीकरण र समाधानका निम्ति पनि राजनीतिक क्षेत्र जबाफदेही ढंगले छानबिन अभियानमा साथसाथै रहनुपर्छ ।

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले छानबिन प्रक्रिया शुरु गरेको एक महिना भन्दा बढी भयो । थापाको संयोजकत्वमा गठित समितिले अहिलेसम्म कागजात जुटाउने कार्य मात्र जारी राखेको छ । २९ वटा सहकारीको छानबिन गर्ने जिम्मा पाएको यो समितिले २० वटा सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको आइतबार बसेको सातौं बैठकले समस्याग्रस्त २० वटा सहकारीको कागजात झिकाउने निर्णय ग¥यो । समितिले यसअघि ९ वटा सहकारीको कागजात झिकाउने निर्णय गरेको थियो ।

सहकारीमा बचत गर्नेहरु बिरामी, अशक्त, वृद्धवृद्धा छन् । आफ्नो जायजेथा बेचेर पनि सहकारीमा बचत गर्नेहरु छन्, जो ब्याजबापत आउने रकमले गर्जो टारौंला भन्ने सोचमा थिए । आफ्ना सन्ततिको पढाइ तथा भविष्यका योजनाका लागि अभिभावकहरुले रकम जम्मा गरेका छन् । जीवनभरको कमाइ बचत गर्ने श्रमिक वर्ग पनि छ । कतिका लागि उनीहरुले जम्मा गरेको केही लाख रकम सानो होला, तर त्यो उनीहरुको मेहनत र पसिनाको ठूलो रकम हो । उनीहरु आन्दोलनमा उत्रिनुको अर्थ सहकारी पीडितको रकम फिर्ता गर्न सरकारले जुन प्रयास गरिरहेको छ, त्यसले जनतालाई अझै आश्वस्त पार्न सकिरहेको छैन भन्ने स्पष्ट हुन्छ ।

यस्तो बेलामा सरकार एक्सनमा उत्रिनुपर्नेमा राजनीतिक दललाई पत्राचार गर्ने, कागजात जम्मा गर्ने जस्ता काममा अल्झिने हो भने सहकारीको समस्या समाधान हुनेमा आशंका गर्न सकिन्छ । विगतमा पनि विभिन्न भ्रष्टाचार, अनियमितता प्रकरणमा यस्तै समिति गठन गरेर पनि प्रभावकारी बन्न नसकेका उदाहरण थुप्रै छन् । यो समिति पनि कतै त्यही बाटोमा त छैन भन्ने आशंका पैदा गरेको छ । सहकारी समस्या समाधानका लागि यसअघि पनि पटक पटक छानबिन समितिहरु बनेका थिए । २०४७ सालमा राधाकृष्ण मैनालीको संयोजकत्वमा तथा २०६२ सालमा युवराज खतिवडा र २०७० सालमा गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग नै बनेको थियो । ती आयोगहरुले तयार गरेका प्रतिवेदन कार्यान्वयनमा नआए पनि ती संयोजकहरुसँग पनि अहिलेको छानबिन समितिले सुझाव मागेको छ । त्यसैले विगतका प्रतिवेदनहरुजस्तै अब बन्ने प्रतिवेदन पनि कार्यान्वयन होला भन्नेमा भने आशंका नै छ ।

यो क्षेत्रको दीर्घकालीन समस्या समधानका लागि अब सहकारीलाई समस्या नभएका, जोखिम हुन सक्ने र समस्याग्रस्त सहकारीका रूपमा वर्गीकरण गरी तीनै प्रकारका सहकारीका लागि फरक फरक रणनीतिसहित अघि बढ्नुपर्छ । सहकारीका चुनौती सामना गर्न र समस्या समाधान गर्न नियमन निकाय, सञ्चालक र स्वयं सेयर सदस्यको सक्रिय भूमिकाको खाँचो देखिन्छ । सहकारीमा रकम हिनामिना, ठगीलगायत अन्य अपराधमा पनि संलग्न भए इन्टरपोलको माध्यमबाट नेपालमा झिकाउन सकिन्छ । नेपाली नागरिक होस् वा विदेशी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा पार्नका लागि सहकारीमा ठगीलाई अब संगठित अपराधभित्र पारेर परिभाषित गर्नुपर्छ । त्यसपछि सहकारी ठगी विश्वव्यापी क्षेत्राधिकार भित्र पर्छ । जुन मुलुकमा भागेर गए पनि कानुनी कारबाही हुने व्यवस्थातर्फ बढ्नुपर्छ । सम्बन्धित तत् राष्ट्रसँग पनि सुपुर्दगी सन्धि गरेर फरार ठगहरू कारबाहीको दायरामा ल्याउनुपर्छ ।

सहकारीको अवस्था शंकास्पद भएमा सञ्चालक, पूर्वसञ्चालक, व्यवस्थापक, कर्मचारी सबैको चलअचल सम्पत्ति, खाता, राहदानी रोक्का गर्नुपर्छ । जग्गाजमिन, अपार्टमेन्टमा लगानी गरेको रहेछ भने त्यो बिक्रीबाट पनि बचतकर्तालाई फिर्ता लिन सकिन्छ । यदि सम्पत्ति बिक्री गरिसकेको रहेछ भने पनि बिक्री बदर हुने कानुनी व्यवस्था गर्नुपर्छ । विद्यमान नीति, कानुन र संयन्त्रमा सुधार गर्नुपर्छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

४ मिनेट अगाडि
कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक