शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
email sharing button
messenger sharing button
whatsapp sharing button

काठमाडौं ।  सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गत सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा यो लागू गर्न लागेको हो । दोस्रो चरणमा आगामी माघ १ बाट ३८ जिल्लामा तथा तेस्रो चरणमा ०८२ साउन महिना देखि ११ जिल्लामा लागू गर्ने जानाएको छ । गत जेठ २४ गत बसेको मन्त्रिपरिषद् बैठकले देशका ७७ जिल्लामै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय गरेको थियो ।

साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

पहिलो चरणमा लागुहुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेका छन् ।

पहिलो चरणमा सकेसम्म सुगम र सहज रूपमा परिचयपत्र लिन सक्ने जिल्लामा लागू गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताएका छन । ‘सकेसम्म नागरिकलाई सहज रूपमा फोटो खिच्ने र बायोमेट्रिक दिन सक्ने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने, ‘राजपत्रमा उल्लेख भएअनुसार बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षमाथिका ज्येष्ठ नागरिकको हकमा भने परिचयपत्र नभए पनि सेवा लिन बाधा पर्नेछैन ।’

राजस्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र सम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि पनि आगामी साउनदेखि देशभर नै परिचयपत्र अनिवार्य गरिएको छ । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेचमा भने आगामी माघ १ देखि परिचयपत्र अनिवार्य गरिएको राजपत्रमा उल्लेख छ ।

केही राजनीतिक दल र सरोकारवालाहरुले तत्कालै परिचपत्र अनिवार्य नगर्न भन्दै समय थप गर्न अनुरोध गरेका थिए । तयारी नै नभई परिचयपत्र अनिवार्य गरेर नागरिकलाई अनावश्यक दुःख दिएको भन्दै गत साता प्रतिनिधिसभामा सांसदहरूले समेत कुरा उठाएका थिए ।

विभागले भने परिचयपत्र कार्यान्वयनको प्रक्रिया आर्थिक वर्ष ०७५ मै सुरु भएको भन्दै लागू गर्न ढिलो गर्न नहुने तर्क राख्दै आएको छ । विभागले ०७७ मा वडा–वडामा गएर परिचयपत्रका लागि तीन महिनासम्म अभियानकै रूपमा फोटो खिचाएको थियो । त्यसका लागि एक हजार मान्छे परिचालन गरी डाटा लिएको कट्टेलले जानकारी दिए ।

अहिले पनि ४ सय ३७ स्थानमा टोली खटाएर फोटो खिच्ने, हराएको नम्बर खोज्ने र कार्ड वितरण गर्ने काम जारी छ । उनका अनुसार काठमाडौं, भक्तपुर, ललितपुरको जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृह र राजदरबार परिसरमा परिचयपत्रका लागि फोटो खिच्ने काम भइरहेको छ । काठमाडौं उपत्यकाबाहिरका जिल्लावासीहरुलाई पनि सुविधा पुग्ने गरी थप केन्द्रहरू राख्ने तयारी गरिएको महानिर्देशक कट्टेलले बताएका छन ।

उनका अनुसार मुलुकभर करिब डेढ करोड नागरिकले परिचयपत्रको फोटो खिचाइसकेको कार्यालयको तथ्यांक छ । तर लामो समय बितेकाले परिचयपत्र नम्बर हराएको, मोबाइलमा आएको म्यासेज डिलिट भएकाले कार्ड लिन समस्या परेको विभागले बताएको छ । उनीहरूको सहयोगका लागि पनि नम्बर खोजी गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकले भदौ मसान्तसम्म आफ्नो भत्ता कार्ड नवीकरण गर्न सक्ने भएकाले त्यतिबेलासम्म २८ जिल्लामा केही समस्या भएमा हल गरिने कटेलको भनाइ छ ।

कहिले पाइन्छ परिचयपत्र :

अहिले फोटो खिचेर बायोमेट्रिक लिएकाहरूले परिचयपत्र नम्बर तत्काल पाउँछन् । परिचयपत्र भने पहिलो चरणमा ज्येष्ठ नागरिक, सवारी लाइसेन्स भएका र फोटो खिचेर कार्ड नलिएका पुराना नागरिकलाई दिइनेछ । सरकरसँग अहिले दैनिक १५ हजार परिचयपत्र छाप्ने क्षमता रहेको परिचयपत्र विभागका महानिर्देशक कटेलले बताए । अहिले करिब ३८ लाख ज्येष्ठ नागरिक र २१ लाख लाइसेन्स होल्डर छन् । अहिलेसम्म करिब ४० लाख नागरिकको कार्ड तयार भइसकेको छ ।

तयार भएको कार्ड सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । छापिएका मध्ये करिब ११ लाख कार्ड बाँड्न बाँकी रहेको छ । फोटो खिचिसकेका १ करोड २० लाख मध्ये ८० हजार कार्ड पनि छाप्न बाँकी छ ।

मोबाइलमा सूचना आए पनि कार्ड किन चाहियो भन्दै बेवास्ता गर्ने प्रवृत्ति रहेको विभागको बुझाइ छ । फोटो खिच्ने र बायोमेट्रिक लिने काम सकिएपछि तत्कालै परिचयत्र नम्बर पाउने व्यवस्था छ । क्यूआर कोडमार्फत परिचयपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाउन छलफल भइरहेको महानिर्देशक कट्टेलले जानकारी दिए ।

कहाँ–कहाँ छन् फोटो खिच्ने ठाउँ :

काठमाडौंको नारायणहिटी दरबार संग्रहालयमा देशैभरका नागरिकले परिचयपत्रको फोटो खिच्ने र बायोमेट्रिक दिन सक्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि टोकन सिस्टम लागू गरेर पालैपालो फोटो खिच्ने व्यवस्था गरिएको बिभागले जनाएको छ। काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा काठमाडौंवासीले फोटो खिच्न सक्नेछन् । ललितपुर, काठमाडौं र भक्तपुर प्रशासन कार्यालयमा पनि फोटो खिच्ने व्यवस्था मिलाइएको बिभागले जनाएको छ ।

सिंहदरबारभित्र परिचयपत्र विभाग परिस ९पुरानो गृह मन्त्रालय० मा विशेष व्यक्ति, कर्मचारी र सुरक्षा निकायका व्यक्तिको फोटो खिच्ने व्यवस्था छ । पहिलो चरणमा परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लामा फोटो खिच्ने कामलाई प्राथमिकता दिइएको विभागले जनाएको छ । सम्बन्धित जिल्ला प्रशासनले पालिका र सम्भव भएसम्म वडामा समेत टोली पुगेर फोटो खिच्ने व्यवस्था मिलाइरहेको विभागको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

डायस्पोरा बण्ड घोषणाले देशको अर्थव्यवस्थामा सकारात्मक परिणामको संकेत !

१२ घण्टा अगाडि
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक