काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा तोलामा दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार रुपैयाँ पुगेको हो ।
यता चाँदीको मूल्य भने गत शुक्रबारकै मूल्य कायम हुँदै आज स्थिर रहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।