काठमाडौं । काठमाडौं महानरपालिका-११ त्रिपुरेश्वर नजिकै टुकुचा खोला छेउमा बस्ने ८६ वर्षीया सुभद्रा श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
आफ्नै घरको पुजाकोठामा जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । काभ्रे, धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरूवा कोठामा हाल नाम, थर वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, शिवसताक्षी नगरपालिका-२ डाइबर चोक बस्ने २८ वर्षीय बुद्धे बेस्रा सोही ठाउँस्थित पानी जमेको खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट हिडेँका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।