मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

छाउपडी प्रथा र महिला जागरणमा पुरुषको भूमिका

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

कर्णाली र सुदूरपश्चिममा महिलाको महिनावारीको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता छ । लामो समयदेखि चल्दै आएको छाउपडी प्रथाका कारण हरेक महिलाले महिनाको चार दिन कष्टकर रुपमा बिताउनुपरेको मात्रै छैन, उनीहरुमाथि हिंसाका घटना पनि भएका छन् । कतिपय महिला त बिमारी, सर्पदंशका कारण मृत्युवरण गर्न बाध्य भएका घटना हामीले देखेका नै छौं । केही साताअघि अछाममा यस्तै घटना भयो । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भइन् ।

पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई । राति सामूहिक बलाकार भएको थियो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई अचेत अवस्थामा देखेपछि स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो ।

अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन । उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३÷४ जनाले बलात्कार गरेको बताएकी थिइन् । आँखा र घाँटीमा कपडाले बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ । अछामको यो घटनाको मुख्य कारण छाउपडी प्रथा पनि हो । यदि ती किशोरीलाई महिनावारी भए पनि छाउगोठमा जानुपर्ने बाध्यता नभएको भए र घरमै बस्न मिल्ने भएको भए सायद यो घटना हुने थिएन । छाउपडीका रूपमा बसिरहेका बेला विभिन्न कारणले महिलाहरूले ज्यान समेत गुमाएका विवरणहरूका माझ सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगले २०६२ साल यता छाउ गोठमा बस्दा ज्यान गुमाउनेको संख्या कम्तीमा १५ भएको अभिलेख आफूसँग रहेको जनाएको छ ।

मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ । तर, कानुन बने पनि छाउपडी अझै हट्न सकेको छैन । सरकारले छाउपडी हटाउन तीन वर्षअघि छाउगोठलगायत संरचना भत्काउने अभियान पनि सञ्चालन गरेको थियो । तर, जनचेतना अभावका कारण महिलाहरु फेरि छाउगोठमा फर्किए । देउता रिसाउने, घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा महिलाहरु बाहिर नै बस्नुपर्ने बाध्यता छ । संस्कृति र धर्मका नाममा माहिनावारी भएको अवधिमा महिलामाथि हुँदै आएको गलत व्यवहारले उनीहरुको समग्र विकासमा अवरोध पु¥याइरहेको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ । आयोगको प्रतिवेदनमा महिनावारी एक जैविक तथा प्राकृतिक प्रक्रिया हुँदाहुँदै पनि पाप र पुण्यको आडमा महिनावारी भएको अवधिमा महिलालाई बहिष्कृत गर्ने, छाउगोठमा राख्ने, विभिन्न किसिमको विभेद, हिंसा र अमानवीय व्यवहार गरी मानव अधिकारको उल्लंघन हुने गरेको पाइएको उल्लेख छ ।

छाउपडी प्रथा’बाट पीडित महिलालाई महिनावारी भएको समयमा अध्ययन अध्यापनमा प्रतिबन्ध लगाउने, छाउगोठमा बस्दाको समयमा सर्प र जंगली जनावरको आक्रमणबाट कतिपय महिलाको अकालमै ज्यान जाने, सुत्केरी महिला र बच्चालाई छाउगोठमा राख्दा उचित स्याहार सुसार र न्यानो नपाउँदा मातृ मृत्यु दर तथा शिशु मृत्यु दर बढी हुने गरेको प्रतिवेदनमा उल्लेख छ । छाउपडी हटाउनका लागि सरकार तथा विभिन्न एनजीओ र आईएनजीओले प्रयास नगरेका होइनन् । यसका लागि करोडौं रकम खर्च पनि भइसकेको छ । तर, ती प्रयास सफल हुन भने सकेका छैनन् । हाम्रो समाज पुरुषप्रधान छ । घर, समाज सबैतिर पुरुष नै निर्णायक छन् । धेरैजसो महिला अहिले पनि घरमा दोस्रो हैसियतमा छन् । त्यसैले उनीहरु पुरुषप्रधान समाजले चलाएको प्रथा मान्न बाध्य छन् ।

त्यसकारण छाउपडी प्रथा अन्त्यका लागि महिलाका साथै पुरुषको पनि मानसिकता बदल्नका लागि काम गर्न आवश्यक छ । समाजमा सदियौंदेखि चलिआएको पुरु षप्रधान मानसिकता भत्काउन आवश्यक छ । यसका लागि पुरुषहरुलाई सचेतना जगाउन सरकार तथा अन्य निकायले काम गर्नुपर्छ । पुरुष जागृत हुन सके महिला जागरणको अभियान झन् सफल हुन सक्छ । यस्तै, विद्यालयस्तरमा पढाइ हुने विज्ञान र स्वास्थ्य शिक्षालाई परीक्षासँग मात्र भन्दा पनि जीवनसँग जोडेर अध्ययन, अध्यापन गराउने, पाठ्यक्रममा सुरक्षित र विद्यालयमा गराइने अतिरिक्त क्रियाकलापमा समेत यस विषयलाई समावेश गराउने प्रक्रियाले मर्यादित महिनावारीको अभियानलाई वैज्ञानिक तर्क र तथ्यसहित स्थापित गर्दै विश्वासको रुपमा रहेको अन्धविश्वासलाई हटाउँदै जान सकिनेछ ।

यस विषयलाई सर्वसाधारण बीचमा समेत सम्प्रेषण गर्न स्थानीय तहका जनप्रतिनिधिको नेतृत्वमा शिक्षक, राजनीतिकर्ता, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा, महिला सञ्जालहरु, बालक्लब लगायतका संयन्त्रहरुबीच समन्वयात्मक अभियान र सञ्चार क्षेत्रको सहयोगी भूमिका महत्वपूर्ण हुनेछ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक