काठमाडौं । नेपालमा पहिलो पटक ‘मीस ग्राण्ड नेपाल–२०२४’ को आयोजना हुने भएको छ ।
यसका विजेताले ‘मीस ग्राण्ड इनटरनेशनल–२०२४’ नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिनेछन् । उमंग क्रियशन प्राईभेट लिमिटेडद्वारा आयोजना हुन लागेको यो सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले भदौ ११ गते हुनेछ ।
‘मीस ग्राण्ड नेपाल-२०२४’ आयोजना हुने विगत ५ वर्षदेखि मीस युनिभर्स नामक सौन्दर्य प्रतियोगिता गर्दै आएको उमंग क्रियशनले यसवर्ष थाईल्याण्डको फ्रेईचाज ‘मीस ग्राण्ड’ हुन लागेकाेमा ‘ब्रेभ, वोल्ड, व्युटिफुल’ को नारासहित पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको यो प्रतियोगितामा सहभागिता जनाउनका लागी १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन् ।
आवेदकहरुको उचाइ कम्तीमा ५ फिट ३ इञ्च हुनुपर्नेछ भने यसका लागी यही असार ३१ गतेभित्र आवेदन भरिसक्नुपर्नेछ । उनीहरुले आयोजक संस्थाले निर्धारण गरेका सम्पूर्ण नियम तथा शर्तहरुको अनिवार्य पालना गर्नुपर्नेछ ।
प्रवन्ध निर्देशक उद्धव अधिकारीले यो प्रतियोगिताका विजेताले नेपालकै सबैभन्दा महँगो ताज पहिरिने अवसर प्राप्त गर्ने जानकारी दिए । नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाएका प्रशान्त ताम्राकार ‘मीस ग्राण्ड नेपाल–२०२४’ को कोरियोग्राफरका रुपमा रहनेछन् भने अपाला ज्वेलर्स र व्युटी बारले यस प्रतियोगितामा सहकार्य गर्ने छ ।