बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिर्ता नगरेकामा कृषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिर्ता नगरेकामा कृषि विकासलाई समस्याग्रस्त सहकारी घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ ।

स्थानिय सरकारको प्रत्याभुति दिनेगरी मध्यपुर थिमि नगरपालिकाले संविधान मार्फत प्राप्त अधिकार पुर्ण रुपमा प्रयोग गरी केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको थियो । साथै हाल नेपाल भरि नै सहकारीहरुमा रहेको आम जनसमुदायको रकम सहकारी संञ्चालकहरुको मिलेमतोमा हिनामिना गर्ने र व्यक्तिगत हितमा सहकारीको रकम अपचलन गर्ने कार्य बढ्दै गइरहेको छ । यसै क्रममा नगर भित्र रहेको सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको छ ।

उक्त कुरा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार मध्यपुर थिमि नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्र लाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको छ । जस अनुसार, सहकारीको, नियमन गर्न, अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको विवाद सम्वन्धमा प्रारम्भिक सुनबाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको जानकारी दिए ।

जस अनुसार न्यायिक समितिबाट मध्यपुर थिमि नगरको वडा नं। ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको कृषि विकास वचत तथा सहकारीको देशभर संचालकहरुको नाममा रहेको सम्पत्ति रोक्का गरेको थियो । त्यस पछाडि संचालक र पिडित बचतकर्ताहरु बिच छलफल गराएर सहमती गराउने प्रयास नगरपालिकाबाट पटक पटक भएको थियो । तर सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको वचत रकम फिता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी सो सहकारीलाई समस्याग्रस्त घोषणा कार्यपालिकाले गरेको छ । सो बारेमा थप जानकारी दिदै नगर उपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत थप कार्यवाही अगाडि बढाउने र आमजनताको सहकारीमा रहेको वचत फिता गर्न आवश्यक कारवाही अधि बढाउने जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

३ हप्ता अगाडि
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक