सुनसरी, ५ असार ईटहरी उपमहानगरपालिका-५ महेन्द्र पेट्रोलपम्पस्थित सडकमा प्रदेश-१-०२-०४५ प २ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गौशाला नगरपालिका-१ रामनगर बस्ने ७२ वर्षीय बिमल कुमार सापकोटाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।