शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । एनभिदिया विश्वकै मूल्यवान् कम्पनी बनेको छ । मङ्गलबार कम्पनीको शेयरमूल्य ३.५ प्रतिशत (अर्थात् १३६ डलर) ले बढेपछि माइक्रोसफ्टलाई पछि पार्दै एनभिदिया विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का लागि आवश्यक पर्ने चिप निर्माण गर्दै आएको यस कम्पनीको मूल्य पछिल्ला केही वर्षदेखि आकाशिंदै आएको छ । एआई प्रतिको लोकप्रियता बढ्दै जाँदा लगानीकर्ताको आकर्षण पनि यो क्षेत्रमा बढ्दो छ । जसले गर्दा कम्पनीले राम्रै नाफा कमाइरहेको छ ।

मङ्गलबार कम्पनीको शेयर बढेर ३३ खर्ब ४० अर्ब डलर बढी पुगेको छ । २०२४ को सुरुवातमा कम्पनीको मूल्य अहिलेको भन्दा आधा थियो । आठ वर्षअघि यसको मूल्य अहिलेको तुलनामा एक प्रतिशतभन्दा पनि कम थियो ।  यता माइक्रोसफ्टको शेयरमूल्य भने घटेको छ । बुधबार माइक्रोसफ्टको मूल्य ३३ खर्ब २० अर्ब डलर पुaगेको छ । एप्पलको मूल्य पनि माइक्रोसफ्टको जस्तै घटिरहेको छ । हाल कम्पनीको मूल्य ३२ खर्ब ७० अर्ब डलर पुगेको छ ।

दिग्गज प्रविधि कम्पनीहरू एआई विकासमा अग्रसर बनेका छन् । माइक्रोसफ्ट, गुगल, मेटा, एप्पल लगायतका कम्पनी यस दौडमा अगाडि छन् । प्रतिस्पर्धा बढिरहँदा त्यसको फाइदा निरन्तर एनभिदियालाई हुँदै आएको छ । किनभने एनभिदियाले नै यी कम्पनीहरूलाई चिप उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समय विश्लेषकहरूले एनभिदियाले जति नाफा गर्छ भन्ने विश्लेषण गरेका थिए, कम्पनीले त्यसलाई पनि पछि पारिदिएको छ ।

मे २०२३ मा एनभिदिया १० खर्ब डलर बराबरको कम्पनी बनेको थियो । त्यसपछि गत फेब्रुअरीमा मात्र यस कम्पनीको मूल्य २० खर्ब डलर पुगेको थियो । त्यसको चार महिनामै कम्पनीको शेयर मूल्य १३ खर्ब डलरले बढेको छ ।

गत मेमा कम्पनीले चिप बिक्री गरेर १४ खर्ब डलर नाफा गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

यसरी बन्यो विश्वकै मूल्यवान कम्पनी ?

प्रविधि क्षेत्रमा रूचि राख्नेहरू त्यसमा पनि एआईलाई आत्मसात गर्नेहरूका लागि ‘एनभिदिया’ परिचित नाम हाे । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले यस कम्पनीलाई चर्चाको शिखरमा पुर्‍याएको छ ।

कम्प्युटर चिप निर्माण तथा वितरणमा चर्चित एनभिदियाकाे चर्चा हुनुकाे पछाडि च्याटजीपीटी रहेकाे छ ।

तीन कम्पुटर चिप इन्जिनियरले सन् १९९३ मा एनभिदिया स्थापना गरेका हुन् । उनीहरूले त्यतिबेला नै कम्प्युटरका लागि शक्तिशाली चिप आवश्यक पर्ने कुराको भविष्यवाणी गरेका थिए ।

पछि सन् २००० मा कम्पनीले माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोलका लागि चिप निर्माण गर्ने सम्झौता गर्‍यो । त्यही समयदेखि एनभिदिया भिडिओ गेमको बजारमा विस्तार हुँदै गइरहेको छ । भिडिओ गेममा मात्र नभएर फिल्म, टेलिभिजन, म्युजिक उद्योगमा पनि एनभिदियाले बजार कब्जा गरेको छ । तर, पछिल्लो समय च्याटजीपीटी तथा अन्य एआई च्याटबटको चर्चाले एनभिदियाको शेयरमूल्य आकाशिएको हो । ओपनएआईले च्याटजीपीटी, गुगलले ‘पाल्म टु’ (PaLM 2) लाई ठूलो सङ्ख्याका डेटाद्वारा तालिम दिनका लागि शक्तिशाली चिपसेट आवश्यक परेको थियो ।

ती कम्पनीले आवश्यक जीपीयू चिप एनभिदियाबाट खरिद गरेका थिए । केही वर्षदेखि एनभिदियाको व्यापार मोडेल एआईमा केन्द्रित छ । तर, विगत डेढ दुई वर्षदेखि एआई टुलले सर्वाधिक चर्चा पाउँदा एनभिदियाको शेयर बढेको हो ।

एआई प्रविधि 

एआई मोडेललाई तालिम दिनका लागि ठूलो मात्राको मेमोरी स्टोरेज आवश्यक छ । जसले गर्दा कम्प्युटर चिपको माग बढ्दो छ । झन् पछिल्लो समय माइक्रोसफ्टको बिङ, गुगलको जेमिनाई, मेटाको लामा थ्री  र ओपनएआईको च्याटजीपीटीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । जसले गर्दा उनीहरू आफ्ना एआई टुललाई शक्तिशाली बनाउनतर्फ केन्द्रित छन् । यसका लागि उनीहरूलाई आवश्यक चिप एनभिदियाले उपलब्ध गराउँछ । यही कारणले चिपको माग बढ्दा कम्पनी मूल्य पनि बढिरहेको छ ।

एनभिदियाले तयार पार्ने आठ ओटा सबैभन्दा अत्याधुनिक चिपको सेटलाई तीन लाख डलर पर्ने बताइएको छ । यस्ता कम्पनीले आफ्नो च्याटबटलाई तालिम दिन हजारौं चिप खरिद गर्नुपर्ने हुन्छ । यसरी चिपका लागि एनभिदियामा निर्भर हुनुपर्दा ठूला कम्पनीहरूले ठूलो रकम गुमाइरहेका छन् । त्यसैले पनि खर्च कटौती गर्न ठूला कम्पनीहरू आफैं चिप निर्माण गर्नमा केन्द्रित हुने देखिन्छ ।

जसरी एप्पलले चिपका लागि अन्य कम्पनीमा निर्भर हुने अवस्था हटायो, त्यसरी नै अन्य कम्पनीले पनि त्यही लय सम्हाल्ने अपेक्षा गरिएको छ । वर्षौंदेखि गुगलले आफ्नै ‘टेन्सर प्रोसेसिङ युनिट’ विकासमा काम गरिरहेको छ भने माइक्रोसफ्ट र अमेजनजस्ता कम्पनी पनि आफ्नै चिप निर्माण गर्ने कार्यमा केन्द्रित छन् ।

एनभिदियाले भने अब वार्षिक रूपमा नयाँ नयाँ एआई चिप सार्वजनिक गर्ने तयारी अगाडि सारेको छ । यो वर्ष क्याकवेल बी २०० जीपीयू सार्वजनिक गर्दै कम्पनीले आफ्नो नयाँ योजना अगाडि सार्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

५ मिनेट अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक