शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसपालिको टोरोन्टो नेपालभाषा समर स्कुल सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
यसपालिको टोरोन्टो नेपालभाषा समर स्कुल सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालित ‘टोरोन्टो नेपालभाषा समर स्कुल-२०२४’ सम्पन्न भएको छ ।

प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र बौद्ध अध्ययन बिभाग, टोरोन्टो बिश्वबिद्यालयको आयोजनामा सञ्चालन भएको ‘टोरोन्टो नेपालभाषा समर स्कुल’ गत जेठ १४ गते प्रारम्भ भई गत जेठ २६ गते सम्पन्न भएको हो ।
यस वर्षको नेपालभाषा समर स्कुलमा प्रारम्भिक आधुनिक बोलिचालीको नेपालभाषा, आधुनिक नेपालभाषा लेखन, आधुनिक नेपालभाषा उच्च साहित्य, प्रारम्भिक पुरानो (क्लासिकल) नेपालभाषा र पुरानो (क्लासिकल) नेपालभाषा उच्च साहित्य बिषयमा अध्यापन भएको थियो । अनलाइन संचालित सो कक्षामा क्यानाडा, अमेरिका, बेलायत, नेदरलन्द, भारत, जर्मन, इटाली, डेनमार्क लगायत देशका विभिन्न विश्वविद्यालयमा आबद्ध करिब ५५ जना अध्येता, अनुसन्धाता र प्राध्यापक लगायत प्रशिक्षार्थीहरुले भाग लिएका थिए । यस बर्ष टोरोन्टो विश्वविद्यालका प्रा.डा. क्रिस्टोफ एमिरिच र अध्येता इयान तर्नरका साथै नेदरलन्द निवासी भाषा शिक्षक तथा नेपालभाषाका  साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, मानवशास्त्री तथा नेपालभाषाका साहित्यकार डा. बाल गोपाल श्रेष्ठहरुले प्राध्यापन गरेका थिए ।
नेपालभाषा समर स्कुलको पढाईको अतिरिक्त बीच-बीचमा नेपालभाषा साहित्यबारे प्राध्यापक प्रेमशान्ति र डा कामिलो ए फर्मिगाति का प्रवचन दुई विषेश प्रवचन र नेपालभाषाको काव्य अनुवादमा सामुहिक प्रयास विषयमा राउण्ड टेबल समेत भएको थियो ।

जेठ २१ गते सोमबारको दिन प्राध्यापक दिन भएको प्रवचन कार्यक्रममा प्रेमशान्ति तुलाधरले नेपालभाषा र यसको साहित्यीक इतिहासबारे वृस्तृतरुपमा चर्चा गर्नु भएको थियो । बार्हौं शताब्दीतिरबाट लेखन परंपरा शुरु भएको नेपालभाषामा चौधौं शताब्दीमै गोपालराज वंशावलीदेखि हरमेखला, नारदस्मृति जस्ता ग्रन्थहरु लेखिएको यस भाषामा १६ आै शताब्दीबाट साहित्यका विविध विधामा लेखन फस्टाएको कुरा उहाले जनाउनु भयो । शाहकालको आरम्भ यता राणाकालमा आईपुग्दा यो भाषाले राज्यको चरम  दमन खेप्नुपरेको कुरा पनि औंल्याउनु भयो । नेपालभाषामा लेखे बापत कविकेशरी चित्तधर हृदय, फत्तेबहादुर सिंह, सिद्विचरण श्रेष्ठ, केदामान वेथित, धर्मरत्न यमि लगायतका नेपालभाषाका धेरै साहित्यकारहरुले जेलनेलको सास्ति भोग्नु परेको पनि उहाँले जनाउनु भयो । अहिले गणतन्त्र आईसक्दा पनि यो भाषालाई राज्यले उपेक्षा कायम गरेको कुरा पनि उहाँले खेद जताउनु भयो । आफ्नो प्रवचनमा उहाँले नेपालभाषाको आधुनिक साहित्य र साहित्यकारहरुका योगदान बारे पनि संक्षिप्त चर्चा गर्नु भएको थियो ।


त्यस्तै गत जेठ २३ गते बुधबार भएको प्रवचन कार्यक्रममा डा. कामिलो ए फर्मिगातिले “Maṇika and the first Manuscript Witnesses of Newar Literature”  विषयक कार्यपत्र प्रस्तुत गर्नुक साथै राजा जयस्थिति मल्लका पालामा नेपालभाषाको चौधो शताब्दीका लेखक माणिकले लेखेका मानव न्यायविकासिनी लगायत विभिन्न ग्रन्थहरुको चर्चाका साथै चौधौं शताब्दीमा नेपालभाषा वांगमय विकासमा उनले पुर्याएको योगदाबारे विस्तृत चर्चा गर्नु भएको थियो ।

यहि क्रममा गत जेठ २५ गते शुक्रबार दिन आधुनिक नेपालभाषा काब्यको अनुवादमा सामुहिक प्रयास विषयमा नेपालभाषा काव्य अनुवाद समुहको राउण्ड टेबल छलफल कार्यक्रम भयो । प्रोफेसर क्रिस्टोफ इमिरिच, डा मार्लिना फ्रिसोने, डा क्रितिस राजभण्डारी, डा. बाल गोपाल श्रेष्ठ र अध्येता इयान तर्नर सम्मिलित उक्त राउण्ड टेबल छलफलमा सबै वक्ताहरुले सामुहिक नेपालभाषा काव्य अनुवादमा आ-आफुले गरेका अनुभवबारे चर्चा गर्नुहुन्दै एक भाषाबाट अर्को भाषामा गरिने अनुवादले मुल भाषामा रहेको मौलिकता जोगाउन ठूलै कसरत गर्नु पर्ने तर यहि चुनौतिलाई मध्यनजरमा राखेर अनुवादको काम हुनुपर्ने बिचार पनि राख्नु भएको थियो ।
माथि चर्चित दुबै प्रवचन तथा राउण्ड टेबल कार्यक्रम पछि भएको छलफलमा उपस्थित जिज्ञासु स्रोताहरुले आफ्ना धारणा राख्ने र प्रश्नहरु राख्ने काम पनि भएको थियो ।

 

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस

३१ मिनेट अगाडि
जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक