शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कक्षा ३ मा पढ्दै ३५ देखि ७० वर्ष उमेर पुगेका दोलखा ठुलोपातालका आमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कक्षा ३ मा पढ्दै ३५ देखि ७० वर्ष उमेर पुगेका दोलखा ठुलोपातालका आमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दोलखा । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ ।

ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गर्नुभएको हो । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उहाँहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उहाँहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्नुहुन्छ ।

 

ठुलोपाताल माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भएका आमाहरूको उमेर ३५ देखि ७० वर्षसम्म छ । उहाँहरूको दैनिकी चुलोचौको र घाँसदाउरामै बित्थ्यो । अहिले आधा दिन विद्यालयमा बित्छ ।

विद्यालयका प्रधानाध्यापक सुनील सुनुवारले भन्नुभयो, “उहाँहरू घरको काम र वस्तुभाउलाई खोलेघाँस दिएर बिहान १० बजे विद्यालय पुग्नुहुन्छ र दिउँसो १ बजे खाजा खाएर घर फर्किनुहुन्छ ।” उहाँले पढ्ने इच्छा देखाएपछि विद्यालयमा भर्ना हुन आह्वान गरेको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीसँगै राख्दा नमिल्दो देखिने भएकाले उहाँहरूलाई छुट्टै कक्षाको व्यवस्था गरिएको छ ।”

प्रधानाध्यापक सुनुवारले आमाहरू विद्यालय आउनुअघिको एक घटना स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “केही समयअघि आमा समूहको बैठकमा बस्यो । सचिव नआएपछि बैठकको माइन्युट लेख्ने मान्छे भएन । लामै समय कुर्दा पनि बैठक बस्न सकेन । समूहमा आबद्ध कोही पनि पढेलेखेको नभएपछि समस्या भयो भन्ने बुझेर उहाँहरूले पढ्न सुरु गर्नुभयो ।”

उहाँले यही समस्या बुझेर आमाहरूलाई पढ्नका लागि विद्यालय आउन आग्रह गर्दै विद्यालय भर्ना भएपछि निःशुल्क पढ्ने र नेपाली वर्णमाला किताबको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले अब खेती, व्यापारका काम गर्न युट्युब हेरेर सकिन्छ भनेर देखाइदिएँ ।

मोबाइल चलाउन, युट्युब हेर्न पनि पढाइ चाहिन्छ । उहाँहरूमा यो कुराले छोयो ।” शिक्षक दरबन्दी कम भएकाले लेखामा काम गर्ने, शिक्षक र सहजकर्ताले आमाहरूलाई पढाउनुहुन्छ । कक्षा ३ मा पढ्ने अरू विद्यार्थीभन्दा उहाँहरू अनुशासित र ध्यान दिएर पढ्नुहुन्छ । विद्यालयले आमाहरूलाई पढाउने शैलीमा दुई वटा विधि अपनाएको छ । प्रधानाध्यापक सुनुवारका अनुसार उहाँहरूलाई सङ्गीतको माध्यमबाट र सामान्य तरिकाले अक्षर चिनाइन्छ ।

सल्लेफेदी कृषक महिला समूहकी अध्यक्ष बिन्दा श्रेष्ठले बैठकको निर्णय लेख्न नसक्दा र माइन्युट गर्दा अरूको ‘मुख ताक्नु’ परेको तितो यथार्थले पढ्न सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा छोराले एसइई दिइसक्यो । अर्को कक्षा ८ मा पढ्छ । म कक्षा ३ बाट पढाइ सुरु गर्दै छु । एसइई गरेरै छाड्ने आँट पो पलाएको छ त ।”यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

फिफा विश्वकपको समूह ‘ए’को खेलमा दक्षिण अफ्रिका १-० गोलसहित विजयी

फिफा विश्वकपको समूह ‘ए’को खेलमा दक्षिण अफ्रिका १-० गोलसहित विजयी

१० मिनेट अगाडि
भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

भेनेजुएलामा गएकाे भूकम्पबाट १८८ जनाको मृत्यु

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक