बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांसदहरुलाई भ्रष्ट बन्न नदिन सर्वोच्चमा रिट

मधेश प्रदेशमा देश लुट्ने तयारी, राजनीतिलाई अदालतले चलाउने अवस्था

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सांसदहरुलाई पैसा बाँड्ने प्रदेश सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ । गत वर्षको साउनमा परेको रिटमा सर्वोच्च अदालतले कुनै पनि शीर्षकमा सांसदलाई बजेट नबाँड्न अन्तरिम आदेश दिए पनि त्यसलाई प्रदेश सरकारहरुले नटेरेपछि फेरि अर्को रिट दायर भएको हो ।

मधेस प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सतीश सिंह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले प्रत्यक्ष निर्वाचित प्रदेश सांसदहरुलाई ५ करोड र समानुपातिकलाई डेढ करोड बजेट दिने निर्णय गरेपछि यो विषय फेरि सतहमा आएको हो । प्रत्येक निर्वाचन क्षेत्रका लागि भनेर छुट्याइएको यो बजेट सांसदहरुलाई खुसी पार्न हो भन्ने स्पष्ट नै छ । विश्लेषकहरुले यसरी सांसदलाई नीति निर्माताभन्दा विकासे एजेन्ट जसरी बजेट छुट्याउँदा दुरुपयोग मात्र बढिरहेको जनाएका छन् ।

मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त निर्णय शक्ति पृथकीकरणको सिद्धान्त विपरीत रहेको भन्दै निर्णय बदर गरी परमादेशको आदेश जारी गर्न माग गरिएको छ ।

मधेस सरकारले गरेको उक्त निर्णयले संविधानको धारा १६२ र धारा २१४ अनुरूप प्रदेश कार्यकारिणी र स्थानीय तहको कार्यकारिणी अधिकारसमेत हस्तक्षेप भएको रिटमा दाबी गरिएको छ । रिटमा आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगराउन सर्वोच्चले गरेको अन्तरिम आदेशलाई पनि उल्लेख गर्दै उनीहरुले मधेस सरकारको निर्णय रोक्न माग गरेका छन् । सर्वोच्चले पूर्वाधार विकास कार्यक्रमले जनप्रतिनिधिहरूको व्यक्तिगत तजबिजमा खर्च गर्नु योजनाबद्ध विकासको अवधारणा तथा सुशासनको मान्यता अनुकूल नदेखिने भन्दै रोक लगाएको थियो ।
नीतिनिर्माणका लागि चुनिएका सांसदहरुलाई नेपालमा भने वर्षेनि बजेट बाँड्ने प्रचलन छ । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका लागि पाउने बजेट उपलब्धिमूलक क्षेत्रमा खर्च गर्न नसकेको विभिन्न अध्ययनले देखाएको छ । खासगरी आफ्नो कार्यकर्तालाई खुसी बनाउने गरी टुक्रे आयोजनामा गरिने यस्तो खर्चले बजेटको दुरुपयोग मात्र हुने गरेको छ । तर, संघदेखि प्रदेशसम्मले सांसदलाई पैसा बाँड्ने गलत प्रवृत्ति रोकिन सकेको छैन ।

संघीय सरकारले चालु आर्थिक वर्षमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदहरुलाई बजेट बाँड्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा गत वर्षको साउनमा रिट निवेदन परेको थियो । सर्वोच्चले रिटमा सुनुवाइ गर्दै संघमा मात्र नभई प्रदेशमा पनि उक्त कार्यक्रम लागू नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको संवैधानिक इजलासले शक्ति पृथकीकरणको सिद्धान्त, सांसदको भूमिका, योजना आयोग तथा मन्त्रालयको क्षेत्राधिकार र योजनाबद्ध विकासको अवधारणा, स्वार्थ बाझिने अवस्था, सुशासन र जवाफदेहिताको मान्यतामा ध्यानाकर्षण गराउँदै यो कार्यक्रममारोक लगाएको हो । उक्त मुद्दाको पेसी आगामी असार १९ का लागि तोकिएको छ । तर, प्रदेशहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि सांसदहरुलाई बजेट विनियोजनको तयारी गरेका छन् । सर्वोच्चले
रोकेपछि घुमाउरो बाटोबाट बजेटमा नै सांसदको योजना उल्लेख गर्ने र बजेट विनियोजन गर्ने प्रदेशहरुको तयारी छ ।

सांसदलाई पैसा बाँड्ने विषय मात्र नभई अहिले प्रदेशको अन्य राजनीतिक विवाद पनि सर्वोच्च पुग्ने गरेको छ । मुख्यमन्त्री नियुक्तिको विषयमा विवाद हुँदा सर्वोच्च अदालत नै निर्णायक बन्ने गरेको हो । कोशीमा अहिले मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्चमा रिट परेको छ । गण्डकीमा सभामुखलाई गणना नगरी विश्वासको मत लिएपछि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले नै बर्खास्त गरिदियो । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले अहिले विश्वासको मत पाएका छन् । तर, उनलाई विश्वासको मत दिने क्रममा माओवादीको चुनावचिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि अहिले चर्चाको विषय भएको छ । उनलाई अब पार्टीको ह्वीप उल्लंघनमा कारबाही हुने कि नहुने विषयमा कानुनी व्याख्याको आवश्यकता परेको छ । प्रदेशका पछिल्ला गतिविधिले राजनीति अब अदालतको निर्णयमा चलाउनुपर्ने स्थिति सिर्जना भएको छ । जनधारणा साप्ताहिक

 

 

 

 

 

 

 

 

 

यो पनि पढ्नुहोस्

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

१ दिन अगाडि
राप्रपाको आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक

राप्रपाले सरकारसँग नवीन सम्झौताका लागि माग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक