शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बिष्णु गिरी ‘निश्चल‘

काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिकमात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो ,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो ।

एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको ब्यबसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु परयो तर मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तब्यको लागि काठमाडौबाट निस्कयौ । प्राईभेट बिद्युतिय गाडिमा पोखरा सम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ्ग यात्राको लागि अर्को गाडिको ब्यबस्था फोन मार्फत नै गरिएको थियो । यात्रा शुरु भयो तिता मिठा गफ गदै शुरु भएको यात्रा गाडीमा निदाउँदै मिठा गफ गदै गाडिको रफतारमा राती १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायौ । पैसा तिरेर खाना खाएपनि हामीले राम्रो आतिथ्यता पायौ ।रातीको ३ बेज पोखरा पुगियो पोखराको नाईट लाईफ नेहेरी निन्दै लागेन र लाउन्ज गईयो केही समय बिताएर होटल आएर सुतेको १ घण्टापछि नै मुस्ताङ्गको लागि हिडियो । पाको उमेरका अनुभबि सवारी चालक हरी ढकालको साथमा हामी बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो । बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँकाा बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रबन्ध देखेको थिईन । भरपुर दर्शन गरियो । साथै गलेश्वर महादेवको दर्शन गदै बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छा घरमा खाना खायौ । बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी रहेछ । फर्किदा त्यहाँ बस्ने योजना साथ हामी अगाडि बढ्यौ । बाटोमा लोकल दही,लोकल केरा खादै हाम्रो यात्रा अगाडि बढ्यो ।

रमाईलो गफ कहिले संस्थागत र ब्यबसाहिकताको कुरा गदै यात्रा अगाडि बढ्यो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ । नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ । कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारैे किनार मोटर बाटो । सिधै उत्तर । बीच बीचमा सानातिना खोलाहरु हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो । दृश्यहरु अत्यन्त लोभलाग्दा थिए । ठाउँ ठाउँमा आकाश सांघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ । अजगंका ती पहाडहरु कुम्भकर्ण झै चीरनिद्रामा छन् । काठमाडौं आसपासमा झै खानी संचालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिईरहेका छन । त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं साथमा मिठा जोक र रमाईलो कुराकानी त छदै थियो । रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो । माथीबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिएजस्तै उसको तस्वीरहरु चोरिरह्यौ । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्काे रमाईलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथीपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिएजस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल उर्जाहरु भरिदियो ।
टुकुचे, मार्फामा केही समय हामी घुम्यौ टिकटक बनायौ र यात्रा जोमसोममा गएर रोकियो । मुस्ताङ्गको सदरमूकाम जोमसम भएपनि ठूलो रहेनछ । सेवाग्राही कमै होलान् । सरकारी अड्डा धाउनेभन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी । गरेकै छन् । लोडसेडिङ्ग रहेनछ । हामी त्यही बस्ने र भोली पल्ट मुत्तिनाथ दर्शन गर्ने योजना बन्यौ । साँझ मुस्ताङ्ग जिल्ला घरपझोङ्ग गाउँपालिकामा कार्यरत मित्र राजन कडेल र आशिष भण्डारीले गाउँपालिकामा बितिय साक्षरता सम्बन्धी कार्यक्रम गर्दा कसो होला भन्ने प्रस्ताब आयो । त्यो अवसरलाई हामीले गुमाउन चाहेनौ भोली पल्ट (जेष्ठ ११) गते कार्यक्रम गर्ने र त्यासको चाजोँपाजो गर्ने जिम्मा प्रदिप जीलाई दिईयो । राती मिठो मुस्ताङ्गे खानाको स्वादसँगै भोली मुतिनाथ दर्शन गर्ने मनोकान्छा बोकेर निन्द्रादेवीको सरणमा गईयो ।

भोली बिहानै सबैर यात्रा शुरु गरियो किनकी मन्दीर र दर्शन गरेर हामीले कार्यक्रम सकेर उपल्लो मुस्ताङ्गको पनि यात्रा गर्नु थियो । निलगिरि र धौलागिरि हाम्रो दक्षिणमा थिए । त्यहाँ धौलागिरि र निलगिरि हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौं। धौलागिरि दूधले धोएझैं सेतो थियो भने निलगिरि आकाशझैं निलो थियो । हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर । भगवान नारायणको बासस्थान । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । त्यसैले होला माहात्मा, साधुसन्त, भक्त प्रशासक, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कलाकार, सर्वसाधारण सबैको आस्थाको पुञ्ज ।

मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए ।माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो। ।हामी माथिसम्म नै हिँडेर जान तयार थियौं। ससाना पाइला चाल्दै हामी माथि पुग्यौं । धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए । मन्दिरअघि दुइटा कुण्ड थिए । मन्दिरपछाडि १०८ धारा थिए । हामीले पनि दौडेर पुरा गर्यौे त्यो कार्य । टाउको खाने चिसो रहेछ । त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे, चिसोको पर्वाह नगरी मारियो । मुक्तिधाम अगाडीको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं पुजा कार्य भक्ति र पे्रमभावले आ आफ्नो मूल्य, मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो । धेरै फोटो खिचियो । कति धेरै धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो । फेरी आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धितमरुन्जे भगवानको समीपमा बसियो । नारायणको मन्दिर माथी, तल कालीगण्डकीले अविच्छिन्न शालीग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ? सत्य थियो, त्यो लिला हैन भक्तलाई कृपा थियो भगवानको । भित्र देखिनै आनन्द लागेर आयो । त्यही सेवा गरेर बस्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाही मनमा आउथ्यो । प्रकृतिको त्यो अनन्त स्वादपान गरेर । हामीले त्यहाँ भरपुर आनन्द अनुभूत गर्यौ । ३८१० मीटरको उचाईमा रहेको यो मन्दीरको बर्णन गरेर नसकिने रहेछ । मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनूभूति थियो । मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो ।

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

२ घण्टा अगाडि
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक