काठमाडौं । धादिङ, थाक्रे गाउँपालिका-७ आठकिल्लास्थित सडकमा ग.१ ख ९८६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २३ वर्षीय सुदेश सुनुवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको साईबाबा सामुदायिक अस्पताल थाक्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ, ब्यास नगरपालिका-१ तालघारेस्थित सडकमा हाल अल्फावेट नखुलेको ७८८१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री हाल वतन नाम, थर नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको बिहिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा मे. १ च ३३६६ नम्बरको कारको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे नगरपालिका-५ मैनखाडी बस्ने ७० वर्षीय बन्दु चौधरीको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ कन्चन खोलास्थित सडकमा बा. २ क ८७६८ नम्बरको लोडर सडकबाट करिब २० मिटर खसेर दुर्घटना हुँदा सहचालक बर्दिया बागडोरी गाउँपालिका-६ बस्ने २७ वर्षीय कमल चौधरीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिराचन्द्र हस्पिटल साल्झण्डी हुँदै चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका लोडर चालकको हिराचन्द्र हस्पिटल साल्झण्डी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।