शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्घटना, बाढी र पहिरो लगायतको प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा गण्डकी प्रदेश सरकारले विशेष ध्यान दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ।

तनहुँको शुक्लागण्डकी–४ हस्पिटलचोक, बेलचौतारामा गरिएको ‘सवारी दुर्घटना व्यवस्थापन नमुना अभ्यास’ कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले निर्देशन दिनुभएको हो।  मानवीय कार्यप्रति संवेदनशील हुनुपर्ने भएकोले प्राथमिकता राखेको उहाँको भनाइ थियो।

पाण्डेले भन्नुभयो, ‘विपद् व्यवस्थापनलाई छिटो छरितो र प्रभावकारी बनाउन प्रदेश सरकारले सबै सरोकारवाला निकायसँगको समन्वयमा विपद्को पूर्वतयारी, विपद् रोकथाम, विपद् उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुर्नस्थापनलाई उच्च प्राथमिकतामा साथ कार्यान्वयन गर्दै आएका छौँ।

नेपाल भू–कम्प, बाढी पहिरो, आगलागी, हिमपहिरो, हावाहुरी तथा दुर्घटना लगायतका प्रकोपबाट  जोखिमयुक्त भएकाले  प्रकोप न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम तथा तालिमको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

सोही अन्तर्गत प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको सहकार्यमा यस वर्ष पनि विभिन्नखाले सम्भावित विपद् घटना न्यूनीकरण र पूर्व तयारीका लागि अभ्यास कार्यक्रम गरेको पाण्डेले बताउनुभयो।

तालिम प्राप्त जनशक्ति दुर्घटनाको समयमा विधि सम्मत तवरबाट सुरक्षा फौजसँग सहकार्य गर्दै उद्धारमा समेत परिचालित हुन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल जस्तो विपद् जोखिम भएको  देशमा यस प्रकारको कार्यक्रमले स्थानीय स्वंमसेवकको उत्पादन गरेर विपद् र दुर्घटनापछिको उद्धारमा ठुलो सहयोग पुग्ने पाण्डेको भनाइ थियो।

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले प्रदेश स्तरमा १० करोड नघट्ने र जिल्ला स्तरमा १० लाख नघट्ने गरेर विपद् व्यवस्थापन कोष सञ्चालन गरिरहेको पाण्डेले जानकारी दिनुभयो।

विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद् व्यवस्थापनका काममा सरकारका सबै संयन्त्र, सुरक्षा निकाय, जनप्रतिनिधि, नागरिक समाज लगायत सरोकारवाला सबै एकजुट भएको खण्डमा ठुला विपद् र दुर्घटनाको पनि सहज सामना र सहजीकरण गर्न सकिने पाण्डेले बताउनुभयो। उहाँले सबैलाई आ–आफ्नो ठाउँबाट विपद् प्रतिकार्यमा एकजुट हुन आग्रह गर्नुभयो।

यो पनि पढ्नुहोस्

सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना

मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

६ घण्टा अगाडि
नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन

नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक