बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अस्पतालका समस्या अध्ययन गर्न तीन सदस्यीय समिति गठन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कर्मचारीहरुलाई हाजिर गराई व्यवस्थापन गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।

सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यी समस्यालाई हल गर्न समिति गठन भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा. मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।

‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उहाँले विभिन्न सरकारी अस्पतालको अनुगमन गर्नु भएको थियो । अस्पतालमा देखिएका समस्या र बिरामीले गरेको गुनासो सम्बोधन गर्न उहाँले समिति नै गठन गर्नु भएको हो,’ डा. बुढाथोकीले भने । प्रवक्ता बुढाथोकी अनुसार समितिले अध्ययन प्रतिवेदन २ हप्ताभित्र पेस गर्नुपर्नेछ ।

समितिले पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गर्नेछ । ‘अस्पतालमा शल्यक्रियाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था, रेफरको अवस्था, सेवाको गुणस्तर एवं प्रक्रिया लगायतका विषय सम्बन्धमा क–कसको जिम्मेवारीभित्र पर्ने, शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको संख्या र अस्पतालले दैनिक दिएको सेवाको बिवरण तयार गर्नपर्ने निर्देशन दिनुभएको छ,’ डा. बुढाथोकीले भने ।

यसैगरी अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवं गुणस्तरीय रूपमा प्रवाह गर्न सुझाव पेस गर्ने जिम्मेवारी पनि समितिलाई छ ।

समस्याको प्रभावकारी व्यवस्थापनको लागि अल्पकालीन (३ महिनाभित्र गर्न सकिने), मध्यकालीन (१ आर्थिक वर्षभित्र गर्न सकिने) र दीर्घकालीन (५ वर्षभित्र गर्नुपर्ने) कार्ययोजना तयार गरी पेस गर्नसमेत मन्त्री यादवले समितिलाई निर्देशन दिएको डा. बुढाथोकीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

२ दिन अगाडि
स्वास्थ्य बीमा सुधार

स्वास्थ्य बीमा सुधार

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक