आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

तोडफोड र गालीगलौजमा हैन, विकास र निर्माणमा प्रतिस्पर्धा गर !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं महानगरले गत साता भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालय अगाडि धुलो र फोहोर लगेर थुपारिदियो । यसको कारण थियो, समयमै सडक निर्माण नहुनु । तर, यसले स्थानीय तह र केन्द्रबीचको विवादलाई भने सतहमा ल्याएको छ । काठमाडौं महानगरका प्रमुख बालेन शाह छन्, जो अहिले युवापुस्ताको प्रिय छन् । उनलाई धेरै सर्वसाधारणको साथ छ र सामाजिक सञ्जालमा पनि उनी लोकप्रिय छन् । बालेनले केन्द्र सरकारले काम गर्न नसकेको आरोप लगाइरहँदा केन्द्रले भने उनले अराजक गतिविधि गरेको आरोप लगाएको छ ।

काठमाडौं महानगरले चक्रपथ विस्तारको दोस्रो चरणको काम केन्द्र सरकारले समयमै गर्न नसकेको आरोप लगाएको हो । समयमै सडक विस्तार नगर्दा धुलोका कारण वातावरण प्रदूषित भएको, महानगरवासीको स्वास्थ्यमा असर पुगेको र महानगरले काम नगरेको भनी गाली खानुपरेको बालेनको तर्क छ । तर भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले भने बालेनको कदमको विरोध गरे । उनका अनुसार काठमाडौंको न्युरोडमा फुटपाथ विस्तार गर्न खोजेका बालेनसँग सहमत नभएपछि उनले सडक विभागमा फोहोर फालेका हुन् ।

न्युरोडमा अहिले महानगरले पार्किङ हटाएर फुटपाथ विस्तार गर्न खोजेको छ । त्यसको लागि काम पनि सुरु भएको छ । तर, भौतिक पूर्वाधार मन्त्रालयले भने सडक खुम्चाएको भन्दै विरोध गरेको छ । महानगर सडक तोडफोडमा उत्रिएको र यस्तो कार्यलाई समर्थन गर्न नसकिने मन्त्री महासेठले बताएका छन् । यसअघि फोहोर फाल्न अवरोध भएको र महानगरका चालकहरु पक्राउ गरिएको भन्दै बालेन विरोधमा उत्रिएका थिए । उनले सत्तारुढ दल माओवादी र रास्वपाको केन्द्रीय कार्यालयमा फोहोरका ट्रक पठाएका थिए । पछि सरकारले महानगरका चालक छाड्ने र फोहोर फाल्न भएको अवरोध हटाएपछि बालेन शान्त भएका थिए ।

संघीयता स्थापनायता स्थानीय तह, प्रदेश र केन्द्रबीच समन्वय राम्रोसँग हुन नसकिरहेको एउटा उदाहरण हो यो । केन्द्रले जिम्मेवारी हस्तान्तरण गर्न नमान्ने र प्रदेश तथा स्थानीय तह विद्रोहमा उत्रिने अवस्था आउँदा मनमुटाव मात्र बढेको छ । तर, यसले विकास, निर्माणलाई भने फाइदा पु¥याएको छैन । केवल नेताहरुबीच गालीगलौज मात्र बढाएको छ । त्यसकारण नेताहरु तोडफोडमा हैन, विकासनिर्माणमा प्रतिस्पर्धा गर्न आवश्यक छ ।

केन्द्र सरकारले अब संघीयताको मर्मअनुसार हरेक क्षेत्रलाई आफैं मातहत राख्ने मनसाय लिनुहुन्न । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका क्षेत्रबाहेक अन्य विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिन आवश्यक छ । यसले केन्द्र सरकार विवादमा अल्झिरहनु पर्दैन । अर्कोतर्फ स्थानीय तहले पनि प्रदेश र केन्द्रसँग विवाद हैन, सहकार्यमा जोड दिन आवश्यक छ । हालसम्म पनि सबै क्षेत्र स्थानीय तह मातहत आएका छैनन् । काठमाडौंमै पनि सडक, खानेपानी, विद्युत् लगायत क्षेत्र प्रदेशदेखि केन्द्रसम्मको जिम्मेवारीमा आउँछन् । त्यसकारण यी सबै निकायबीच सहकार्यले विकास निर्माण दिगो रुपमा हुन सक्छ । यसका लागि स्थानीयहरुसँगको समन्वय र छलफल पनि अत्यावश्यक छ । -जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक