क्रिकेटर सन्दीप लामिछानेका समर्थक र प्रहरीबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिर झडप भएको छ । निशेधाज्ञा तोड्न लागेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि बुधवार झडपको स्थिति सिर्जना भएको हो ।
प्रदर्शनकारीले निशेधाज्ञा लेखेकाे ब्यानर नै च्यातिदिएका थिए । त्यसपछि केही आन्दोलनकारीको आव्हानमा भीड नियन्त्रणमा आएको थियो ।
सन्दीपलाई टी–२० विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा (प्रवेशाज्ञा) नदिएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
माइतीघरमा भेला भएका समर्थक बालुवाटारसम्म पुगेका हुन् । भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी गरेका छन् ।
झडपछि उनीहरू बालुवाटारमै धर्ना दिएका बसेका छन् । यसपछि महाराजगञ्जस्थित अमेरिकी दूतावास घेर्ने कार्यक्रम छ ।