काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेला सुरु भएको छ ।
बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको सो भेलामा देशभरबाट ५ हजार महिला सहभागी भएको आयोजकको दाबी छ ।
भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि सहभागी छन् ।
आज विद्या भट्टराई र विमला राई पौडेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।