आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नीति र कार्यक्रम : हात्ती आयो, हात्ती आयो फुस्सा भयो !

रोजगारी सृजनाका योजना खोई ? कृषि उत्पादनका कार्यक्रम खोई ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नीति र कार्यक्रम : हात्ती आयो, हात्ती आयो फुस्सा भयो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं÷ सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि पुरानै योजना टालटुल गरेर नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले विगतका वर्षमा घोषणा भइसकेका, कार्यान्वयनमा असफल भएका योजनालाई निरन्तरता दिएको छ भने रोजगारी सृजना, कृषि उत्पादनका क्षेत्रमा कायापलट गर्ने कुनै योजना ल्याएको सकेको छैन ।
सरकारको नीति तथा कार्यक्रम भनेको आगामी आर्थिक वर्षभर लिइने योजना हुन् । यस्तै, आगामी २–३ वर्षसम्म योजना, कार्यान्वयन र प्रभावका विषय पनि यसमा समेटिएको हुन्छ । समग्रमा मुलुकको अर्थतन्त्र अब आउने वर्षमा कस्तो बनाउने भन्ने निर्धारण पनि नीति तथा कार्यक्रमबाट हुन्छ । त्यसैले मुलुकको भविष्यको रुपरेखा निर्धारण गर्ने योजना हुन्, नीति तथा कार्यक्रम । हालको समस्यालाई पनि नीति तथा कार्यक्रमले स्पष्ट सम्बोधन गर्नुपर्ने हुन्छ ।

अहिले नेपालको अर्थतन्त्र शिथिल अवस्थामा छ । संकटोन्मुख भएको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् भने केही सूचकहरु अझै पनि चिन्ताजनक छन् । विशेषगरी आत्मनिर्भर अर्थतन्त्रका क्षेत्रमा खासै काम हुन नसक्दा नेपालको अर्थतन्त्र बाह्य गतिविधिले प्रभावित हुने र कुनै पनि समय संकटमा पुग्नसक्ने जोखिममा रहेको विश्लेषकहरुको भनाइ छ । यस्तो जोखिमबाट बच्न सरकारले बढीभन्दा बढी वस्तु तथा उपभोग्य सामग्रीमा आत्मनिर्भर हुने, देशमा रोजगारी सृजना गरेर युवाशक्तिलाई देश विकासमा लगाउने र कृषि उत्पादन तथा कृषिमा आधारित उद्योग तथा कलकारखाना वृद्धि गर्नुपर्ने हो । तर, सरकारको नीति तथा कार्यक्रममा यस्ता विषय भने प्राथमिकतामा परेको देखिँदैन ।

सरकारले रोजगारी, कृषि, उद्योग कलकारखानालाई नीति तथा कार्यक्रममा सम्बोधन त गरेको छ, तर ती साह्रै कमजोर देखिन्छन् । विगतमा पनि यी क्षेत्रलाई सम्बोधन गरेर पनि कार्यान्वयनमा असफल भएका कार्यक्रमलाई नै सरकारले दोहोराएको छ । उदाहरणका लागि ‘बन्द भएका सरकारी उद्योग तथा कलकारखाना पुनः सञ्चालन गर्ने’ भन्ने घोषणा हो । यो कार्यक्रम घोषणा वर्षौंदेखि यसरी नै दोहोरिरहेको छ । यो कार्यक्रम न कार्यान्वयनमा आउँछ, न यसले नीति निर्माण तह वा सर्वसाधारणको ध्यान आकर्षित गर्छ ।

सरकारले अर्थतन्त्रलाई टेवा पुग्नेभन्दा पनि पपुलिस्ट कार्यक्रमलाई बढावा दिएको देखिन्छ । यो नीति तथा कार्यक्रममा सार्वजनिक ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम एउटा यस्तै पपुलिस्ट कार्यक्रमका रूपमा देखिएको छ । यी र यस्तै पपुलिस्ट कार्यक्रम समेटेर सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरे ।

सरकारले आन्तरिक ऋण उपयोग पूँजी निर्माण तथा उत्पादन क्षेत्रमा मात्र गणना गर्ने र वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने विषयलाई पुनः दोहो¥याएको छ । गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई दुई वर्षभित्र सम्पन्न गर्ने घोषणा चालु आवको नीति तथा कार्यक्रममा राखिएको थियो । यसलाई आगामी आवमा सम्पन्न गर्ने आगामी आवको नीति तथा कार्यक्रममा समेत समेटिएको छ । नेपाली वायुसेवाको अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्ने नीतिलाई यस वर्षसमेत सोही भाषामा दोहो¥याइएको छ ।

यस वर्ष सरकारले विशेष महत्वसहित समेटेका विषय भने सूचना प्रविधि देखिएको छ । यो क्षेत्रबाट मात्र ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाउने घोषणा गरेको छ । स्वास्थ्य क्षेत्रमा चालु आवकै धेरै घोषणा पूरा भएका छैनन् । सरकारले आगामी आवलाई समेत नयाँ विषय खोज्न सकेको देखिँदैन । सार्वजनिक सेवा प्रवाह, सुरक्षा निकाय, न्याय, श्रम, युवा, खेलकुद, चलचित्र, प्राकृतिक विपत्तिसँग लड्न पूर्वतयारी र क्षति न्यूनीकरणका विषयमा समेत सरकारले नयाँ योजना खोज्न सकेको देखिँदैन । परम्परागत नीतिलाई निरन्तरताका रूपमा उल्लेख गरिएको छ ।

न्यून आय भएका वर्ग समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गराउन सहजीकरण गर्ने घोषणा चालु आवको मौद्रिक नीतिमा भए पनि त्यसमा कुनै प्रगति भएको छैन । सरकारले भूमिहीन र सुकुमबासी समस्या समाधान गर्न भूमि आयोग गठन गरेको छ । तर, भूमिहीन, सुकुमबासी र अव्यवस्थित बासोबासीको समस्या समाधान गर्ने विषय हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा आउने गरेको छ । चालु आवको बजेटमा मुक्त हलिया, कमैया, हरवाचरवा, भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने उल्लेख छ । आगामी आवमा पनि सोही विषयले निरन्तरता पाएको छ ।

खासमा नीति तथा कार्यक्रम नयाँ आर्थिक वर्षका लागि तयार हुने बजेटको ऐना हो । यसैको सेरोफेरोमा रहेर सरकारले नयाँ आर्थिक वर्षको बजेट तयार पार्ने गर्छ । सार्वजनिक भएको नीति तथा कार्यक्रम हेर्दा आगामी बजेट पनि विगत वर्षका झैं पपुलिस्ट नै बन्ने आशंका बढेको छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

तिब्बत तर्फबाट विनाशकारी बाढी, मेडिकल टिम बोकेर सेना बाढीग्रस्त क्षेत्रमा

२ हप्ता अगाडि
रास्वपाको महाधिवेशन भव्य तयारी

रास्वपाको महाधिवेशन भव्य तयारी

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक